किशोरको त्यो डाँडापारि… (भिडियोमा हेर्नुस्)
screennepal
प्रकाशित: २०७४, १५ बैशाख शुक्रबार
no img

काठमाडौं, १५ बैशाख । कालिम्बुङे गायक किशोर सुब्बा थेगिमको नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । भारतको कालिम्बुङ पेदुङका किशोरले आफ्ना श्रोता तथा दर्शकका लागि ‘त्यो डाँडापारि…’ बोलको गीत एवं भिडियो यु–ट्युब च्यानल ‘वाल नेपाल’मार्फत सार्वजनिक गरेका हुन् ।
कालिम्बुङमा बसेर पनि नेपाली गीतसंगीतप्रति अगाध माया दर्साउँदै आएका किशोरले आफ्नो पछिल्लो एल्बम ‘प्रथम’ मा समावेश गीतलाई भिडियोमा ल्याएका हुन् । गीत तथा भिडियोमा नेपाली संस्कृतिसँगै माटोको सुगन्ध छ ।
नेपाली लोक आधुनिक शैलीको यस गीतलाई नेपालकै बाग्लुङमा छायांकन गरिएको हो । दिनेश माङमुले निर्देशन गरेको यस गीतको भिडियोमा बाग्लुङको इतिहाससँग पनि जोडिएको छ । यस भिडियोमा मुखिया र कालिकोटेको कथालाई छुन खोजिएको छ । यस भिडियोमा सुमनश्री मगर र रीमा पुन मगरले अभिनय गरेका छन् । भिडियोका यी कलाकारद्वाय बाग्लुङकै स्थानीय हुन् । नयाँ अनुहार भएर पनि सुमन र रीमाको अभिनय कौशलता प्रशंसनीय छ । यस भिडियोलाई पेन्द्रप्रसाद लिम्बू (रोशन)ले खिचेका हुन् ।
सुरेन्द्र मुखियाको शब्दरचना रहेको ‘त्यो डाँडापारि…’ मा संगीत विष्णु अधिकारीले गरेका छन् । यस भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=pMheS8ioYWI

Comments