बलिउड अभिनेता विनोद खन्नाको निधन
screennepal
प्रकाशित: २०७४, १४ बैशाख बिहीबार
no img

काठमाडौं, १४ बैशाख । बलिउड फिल्मका चर्चित अभिनेता विनोद खन्नाको निधन भएको छ । ७० वर्षका विनोदको विहिबार निधन भएको हो । भारतीय समाचार एजेन्सीका अनुसार उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।
बलिउडमा करिब १ सय ४० भन्दा बढी फिल्ममा अभिनय गरेका विनोद कुनैबेला महानायक अमिताभ बच्चनको हाराहारीका अभिनेता मानिन्थे । स्टार हुँदा हुँदै उनी ओशोको भक्त रहेका उनले बलिउडलाई छोडेर ओशोसँगै अमेरिका गएका थिए । त्यसको ६ वर्षपछि उनी पुनः हिन्दी फिल्ममा फर्किएका थिए । यसपछि उनले ‘दयावान’ जस्तो हिट फिल्म खेले ।
विनोद सन् २००२ मा अटलबिहारी बाजपेयीको मन्त्रीमण्डलमा संस्कृति तथा पर्यटन राज्यमन्त्री नियुक्त भएका थिए । लामो समयदेखि पञ्जावको गुरुदासपुरबाट भारतीय जनता पार्टीको सासद भएका उनी ४ पल्ट लगातार सासंद भएका थिए ।
६ अक्टुवर १९४६ मा पाकिस्तानको पेशावरको एउटा पञ्जावी परिवारमा जन्मिएका विनोद १९४७ मा भारत र पाकिस्तान टुँक्रिएपछि उनी आफ्नो परिवारसँगै पेशावर छोडेर मुम्बई आएका थिए । उनको पहिलो फिल्म ‘मन कि मित’ हो । जुन १९६८ मा रिलिज भएको थियो । जसमा उनी नकरात्मक भूमिकामा देखा परेका थिए । उनी नायकको रुपमा १९७१ मा पहिलोपटक देखिएका थिए ।
‘एक थी रानी ऐसी भी’ उनको अन्तिम फिल्म थियो। बलिउडमा उनी र अमिताभ बच्चनको जोडी सुपरहिट मानिन्छ। ८० को दशकमा उनी बलिउडका ‘मस्ट हेन्डसम हिरो’ को रुपमा चिनिन्थे ।

Comments