डब्बुले तयार पारे यौन चपेटामा परेका पीडितहरुको कथा
screennepal
प्रकाशित: २०७४, १३ बैशाख बुधबार
no img

काठमाडौं, १३ बैशाख । पत्रकार तथा चलचित्र निर्देशक तथा डब्बु क्षत्रीले पाठकलाई यसपटक कथाहरुको संग्रह ‘नमस्ते काठमाडौं’ पस्कँदैछन् । कथा लेखनमा आफ्नो परिचय बनाइसकेका क्षत्रीले नयाँ कथाहरुलाई सँग्रहको रुपमा पाठकमाझ ल्याउन लागेको बताएका छन् । दुई दशकभन्दा लामो समयदेखि अखबारी पत्रकारितामा सक्रिए क्षत्रीको कथा सम्बन्धि यो पहिलो सँग्रह हो ।

यौन चपेटामा परेर पीडित भएका समाजका विभिन्न बर्गको कारुणिक पीडालाई कथामा बुनिएको पनि क्षत्रीको भनाईछ । यौन पीडामा पिल्सिएर पनि आफ्ना पीडा लुकाएर बाँच्न विवस भएकाहरुलाई सँग्रहका कथाहरुले अन्याय बिरुद्ध लड्न र नयाँ प्राप्ति गर्न हौसला दिने पनि क्षत्रीको भनाई छ ।
प्रकाशनका लागि प्रेसमा गईसकेको यौन बिद्रोहको कथा सँग्रह ‘नमस्ते काठमाडौं’ २० बैशाखबाट पुस्तक पलसमा पाईने पनि कथाकार क्षत्रीले जानकारी गराएका छन् । सँग्रहमा १८ ओटा कथा छन् । डिमाई साईजको यो सँग्रह २ सय ४० पृष्ठको रहेको छ । यसको मूल्य ३ सय ५० रुपैयाँ रहेको पनि उनले जानकारी गराए । पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको हो । पुस्तकलाई चाँडै नै भव्य समारोहबीच आधिकारिक रुपमा बिमोचन गरिने पनि कथाकार क्षत्रीले जानकारी गराए ।

Comments