जिग्री–पा“डेद्धारा दृष्टिविहीनलाई घर !
screennepal
प्रकाशित: २०७४, ६ बैशाख बुधबार
no img

सप्तरी, ६ बैशाख । जिग्री पा“डे प्रतिष्ठान नेपालले सप्तरीमा तीन दृष्टिबिहिन परिवारका लागि घर निर्माण कार्य सुरु गरेको छ ।
हा“स्य टेलिसिरियल ‘भद्रगोल’का दुई चर्चित कलाकार अर्जुन घिमिरे (पा“डे) र कुमार कट्टेल (जिग्री)को पहलमा सप्तरीको गम्हरीया प्रवाहामा रहेका अतिबिपन्न तीन दृष्टिबिहिन परिवारका १७ सदस्यका लागि घर निर्माण सुरु गरेका हुन् । शनिबार घरको शिलान्यास गरिएको छ ।
शिलान्यास हा“स्य कलाकार तथा समाजसेविद्धय धुर्मस–सुन्तली (सिताराम कट्टेल र कुञ्जना घिमिरे)ले गरेका हुन् । शिलान्यास गर्दै सिताराम कट्टेलले जिग्री पा“डे प्रतिष्ठानबाट राम्रो कार्यको सुरुवात भएको र सामाजिक कार्यमा आउने दुःखहरुबाट हरेश नखाई निरन्तर अघि बढ्न सल्लाह दिएका थिए ।
उनले भने, ‘काम गर्न निकै चुनौतिपुर्ण छ । धेरै बाधाअर्चन खेपनुपर्छ । यी कुराहरुलाई मनन् गर्दै काममा अघि बढ्नु । काम गर्दै जा“दा भोली कसैले पनि प्रश्न उठाउने वातावरण सिर्जना नगर्नु । किनकी मैले तीन÷तीन वाट वस्ती निर्माण गर्दा भोगेको छ ।’
सितारामले उक्त गाउ“का दृष्टिबिहिनहरुस“ग त्यहा“को अवस्था बारे बुझ्दै भने, ‘यहा“को परिस्थिती देख्दा मन थाम्न सकिएन । दर्दनाक पिडा बोकेको यो परिवारलाई उद्ददार गर्न लागेका मेरा भाई चेलाहरु तथा जिग्री पा“डे प्रतिष्ठानलाई मेरो तर्फबाट हर किसिमको सहयो हुने छ भन्दै आशिर्वाद दिए ।
त्यहा“को परिस्थिती बारे जिग्री पा“डेले बिगत केही महिना अघि कान्तिपुर राष्ट्रिय दैनिकमा यी दृष्टिबिहिनहरुको समाचार पढेपछि आँफूहरुलाई सहयोग गर्ने इच्छा भएर राजविराजमै आएको जिग्रि पा“डे प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरे (पा“डे)ले जानकारी दिए । उनले भने, ‘हामी दृष्टिबिहिन परिवारका लागी लत्ताकपडाहरु सहयोग गरौ“ भनेर यहा“ आएका थियौ“ तर, यहा“ आईसकेपछि उहा“हरुलाई आवासको पनि समस्या रहेछ त्यो देखेपछि हामीले घर बनाईदिने योजना गरेका हौ“ ।’
करिब ३० लाख लगानीमा बन्न लागेको ३ घरका लागि देश तथा विदेशबाट अहिलेसम्म करिब १५ लाख सहयोग जम्मा भइसकेको र अझै करिब १५ लाख सहयोग जुट्न बा“की रहेकोले सहयोगी मनहरुलाई सहयोग गरिदिनका लागी प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेल (जिग्री)ले अनुरोध गरेका छन् ।
उनीहरुले १५ लाखमा तीन घर निर्माण गर्ने र बा“की १५ लाखले उनीहरुको स्वस्थ्य उपचार तथा शिक्षामा खर्च गर्ने बताएका छन् । यो अभियानमा जिग्री पा“डे प्रतिष्ठान नेपालस“गै सप्तरी युथ नेपालले र युवा अभियन्ता रमेश प्रसाद शाहपनि स“गै सहयोगमा जुटेका छन् ।

Comments