नवीन र रक्षाको रेष्टुरेन्ट लभ
screennepal
प्रकाशित: २०७३, ३१ चैत्र बिहीबार
no img

काठमाडौं, ३१ चैत । भद्रगोलका चर्चित पात्र जिग्रीकी प्रेमीका रक्षा श्रेष्ठको मोडल नवीन न्यौपानेसँग जोडी बाँधेकी छन् ।
उनले रियलभन्दा पनि रिल लाइफमा नवीनसँग जोडी बाधेकी हुन् । गायक प्रमोद खरेलको गीत ‘पराईको बगैचामा फुल्ने फूल भयौ तिमी’को म्युजिक भिडियोमा यी दुबैको अभिनय देख्न सकिन्छ । भिडियोमा रक्षा र नवीन रोमान्टीक मुडमा रेष्टुरेन्टमा पनि भेटिएका छन् ।
थुप्रै म्युजिक भिडियो अभिनय गरेर मोडलिङमा आफुलाई अब्बल साबित गर्दै लगेका नवीन र रक्षाको जोडीले म्युजिक भिडियोलाई सिगार्ने काम गरेको । भिडियो यी दुबै कलाकारको अलवा सुशील न्यौपानेको समेत अभिनय देख्न सकिन्छ ।
भिडियो मकवानपुर जिल्लाका विभिन्न स्थानमा छायाँकन गरिएको हो । दिनेश बमले भिडियो निर्देशन गरेका हुन् । गीतको भावअनुसार भिडियो बनाइएको निर्देशक बमले बताए ।
मोडल नवीनका यस अगाडि धेरै बिभियो बाहिर आएका छन् ।  तर यो भिडियो आफ्नो लागी खास हुने उनले बताए । उनले भने ‘प्रमोद खरेलको स्वर आफैमा राम्रो छ । उनको गीतमा तयार भएको यो म्युजिक भिडियो उत्तिकै राम्रो बनेको छ ।’गीतमा संगीत जीवन पन्त र शब्द रबिन्द्र जोशीको रहेको छ ।

Comments