२०७४ का लागि १९९९ मा फोटोशुट (फोटोफिचर)
screennepal
प्रकाशित: २०७३, ३१ चैत्र बिहीबार
no img

काठमाडौं, ३१ चैत । नेपाली नयाँ वर्ष २०७४ को पुर्वसन्ध्यामा तेह्रथुमे ढाका बुटिकको पहिरन संयोजनमा फोटोशुट गरिएको छ । ‘यो फोटोसुट नयाँ वर्षका लागि हो’ फोटोशुटपछि तेह्रथुमे ढाका बुटिककी सञ्चालन तथा डिजाइनर निरु आङबुङले भनिन्, ‘नयाँ सालमा ढाकाको नयाँ क्रियशन दिउँ भनेर यो शुट गरिएको हो ।’ निरु र तेह्रथुमे ढाका बुटिकै अर्की डिजाइनर संगीता लिंखा लिम्बूले तयार गरेको पहिरनमा मोडल विपना थापा, सिर्जना राई, गायक रुकमान लिम्बू, गौरा राई लगायतको फोटोशुट गरिएको हो ।

terhathume dhaka, screennepal (7)
फोटोशुटका लागि बालकुमारीस्थित १९९९ एडी पार्टी ब्याङ्क्वेट स्थान रोजिएको थियो । यी मोडलहरुलाई सुन्दर बनाउने काम ब्युटिसियन गौरा राईले गरेकी थिइन् भने उनीहरुलाई फोटो पत्रकार नविनबाबु गुरुङले आफ्नो क्यामेराको लेन्सले जुम गरेका थिए । फोटोशुटका केही तस्बिरहरु यहाँहरुलाई नयाँ वर्ष २०७४ को शुभकामना स्वरुप प्रकाशित गरेका छौं । अन्य तस्बिरहरु क्रमश प्रकाशन गरिनेछ ।

terhathume dhaka, screennepal (5) terhathume dhaka, screennepal (4) terhathume dhaka, screennepal (3) terhathume dhaka, screennepal (2) terhathume dhaka, screennepal (1)

terhathume dhaka, screennepal

Comments