कल्पना ‘मौलिक लोक सांस्कृतिक सम्मान’द्वारा सम्मानीत
screennepal
प्रकाशित: २०७३, २७ चैत्र आईतवार
no img

काठमाडौं, २७ चैत । ढाकाविद् तथा द हाइल्याण्ड आर्टकी सञ्चालक कल्पना योङहाङ राजधानीमा सम्मानीत भएकी छन् । कल्पना ढाका बुटिककी फेसन डिजाइनर समेत रहेकी कल्पना एञ्जल लर्ड एकेडेमी हाइस्कुल कोटेश्वरद्वारा आयोजित कार्यक्रममा ‘मौलिक लोक सांस्कृतिक सम्मान’बाट सम्मान भएकी हुन् । कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार तथा लोक संस्कृतिविद् प्रा. तुलसी दिवशले कल्पनाका अलावा गायिका मनु नेम्बाङलगायतलाई सम्मान गरिएको थियो ।

kalpana
कल्पनाले २०६२ बाट द हाइल्याण्ड आर्ट कम्पनीमार्फत नेपाली हाते तानबाट बुनेको ढाका कपडा उत्पादन तथा पहिरन प्रवद्र्धन गर्दै आएकी छन् । समाजसेवीसमेत रहेकी कल्पनाले ढाका कपडाको लामो समय अनुसन्धान पनि गरेकी छन् । ढाका कपडाबाट बनेको परम्परागत तथा आधुनिक परिहनको प्रवद्र्धनसँगै कल्पनाले नेपाली ढाकालाई अन्तराष्ट्रिय बजारसम्म विस्तार गर्दै आएकी छन् ।

Comments