‘धर्मयुद्ध’बाट फर्किए धिरेन शाक्य (प्रोमोसहित)
screennepal
प्रकाशित: २०७३, २० चैत्र आईतवार
no img

film

काठमाडौं, २० चैत । अभिनेता धिरेन शाक्यको एक समय जगजगी थियो । तर, पछिल्लो दिन उनी के गर्दैछन् र कहाँ छन् ? भन्ने समेत पत्तो छैन । यसैबेला धिरेन अभिनीत चलचित्र रिलिज हुने भएको छ ।
यही २५ गतेबाट धिरेन अभिनीत चलचित्र ‘धर्मयुद्ध’ रिलिज हुँदैछ । रिलिजको सम्पूर्ण तयारी सकेपछि चलचित्रको प्रोमो यु–ट्युबमा रिलिज गरिएको छ । यो प्रोमो एमएमएस इन्टरटेनमेन्टले यु–ट्युबमा सार्वजनिक गरेको हो ।
लामो समयको अन्तरालपछि धिरेन अभिनीत चलचित्र रिलिज हुन लागेको हो । यस चलचित्रबाट धिरेनले दर्शकबाट कस्तो रेश्पोन्स पाउने हुन्, त्यो चैत २५ पछि नै थाहा हुनेछ । तर, निर्माणपक्षले पनि चलचित्रले दर्शकको मन जित्ने अपेक्षा गरेको छ ।
सुमन खड्का निर्देशित यस चलचित्रमा धिरेनका अलावा राज छितिज, सुमन खड्का, मोनिका दाहाल, निशा शाह, नेहा खड्कालगायतको मुख्य अभिनय रहेको छ । यस चलचित्रलाई अनिल श्रेष्ठले निर्माण गरेको हुन् ।

https://www.youtube.com/watch?v=cSegHyS_yTY

Comments