होलीमा धुम मच्चाउँदै आर्यन–प्रियंका
screennepal
प्रकाशित: २०७३, २७ फाल्गुन शुक्रबार
no img

काठमाडौं, २७ फागुन । यसपटकको होलीमा अभिनेता आर्यन अधिकारी र अभिनेत्री प्रियंका कार्कीले धुम मच्चाउने भएका छन् । लेखक तथा निर्देशक ओम प्रतिक निर्देशित ‘बटरफ्लाई’ को होली विशेष गीतमार्फत यी दुईले धुम मच्चाएका हुन् ।

priyanka

चलचित्रको ‘ आयो हेर होली रे’ बोल गीत सार्वजनिक भएको छ । जसमा फागु पूर्णिमा लक्षित गरेर सार्वजनिक गरिएको हो । छायाँकनको कार्य सकेर सम्पादनको तयारीमा रहेको चलचित्र बटरफ्लाईको होली रे गीतलाई विशेष रुपमा लिएको छ । प्रमोद ढुंगानाको शब्द, विकास चौधरीको संगीत रहेको यस गीतमा राजेशपायल राई र माण्डवी त्रिपाठीको स्वर रहेको छ ।
विशेष गरेर पाल्पाको रानीघाट महलमा छायाँकन गरिएको चलचित्र बटरप्mलाई मायाप्रेम भित्रकै कथामा आधारित रहेको छ । चलचित्रमा आर्यन अधिकारी, अर्पण थापा, प्रियंका कार्कीको मुख्य भूमिका भूमिकामा छन् ।

Comments