रम्ने झुम्ने बेला यही हो… (भिडियो)
screennepal
प्रकाशित: २०७३, २५ फाल्गुन बुधबार
no img

काठमाडौं, २५ फागुन । श्रोताको रोजाइमा परेका गीतहरु ‘पर्खाइको पीडा’, ‘ओ कति मीठो माया’सहित दर्जनौं लोकप्रिय गीतका गायक कमलमान सिंहकोे ‘रम्ने झुम्ने यही बेला हो…’ बोल गीतको भिडियो सार्वजनिक भएको छ ।
रोमान्टिक शैलीको यो गीतमा संगीतकारको रुपमा समेत स्थापित भैसकेका गायक कमलमान सिंहकै शब्द तथा संगीत निर्देशन छ । होलीको पूर्वसन्ध्यामा सार्वजनिक भएको यो गीतमा शैलेन्द्र एम प्रधानको संगीत संयोजन छ ।
मोहनराज अधिकारीद्वारा निर्देशित उक्त भिडियोमा रायन तथा मोनिकाले अभिनय गरेका छन् । माधव बेल्वासेद्वारा सम्पादित यो भिडियोका छायांकार ज्ञानेन्द्र शर्मा हुन् ।

https://www.youtube.com/watch?v=qEDnFEGmVb4&feature=youtu.be

Comments