पढाईमा फस्ट भइनँ, गायनमा कहिल्यै सेकेण्ड भइनँ: राजेशपायल
screennepal
प्रकाशित: २०७३, २४ फाल्गुन मंगलवार
no img

IMG_1547

काठमाडौं, २४ फागुन । नेपाली गायन क्षेत्रका मेगास्टार राजेशपायल राईले विद्यार्थीबिच सांगीतिक रोमाञ्चकता थपेका छन् । राजधानीको मरु, भिमसेनथानमा अवस्थित द रोलिङ स्टोन्स स्कुलको अभिभावक दिवसको विशेष अतिथिका रुपमा पुगेका राजेशपायलले विद्यार्थी, अभिभावक तथा शिक्षकशिक्षिकाको मागपछि आप्mना सुपुरहिट गीतहरु विद्यार्थीमा सुनाए ।
‘प्रायः म स्कुलको कार्यक्रममा जान्नँ तर यस्तो भव्य कार्यक्रम तथा म्युजिक र आर्टस्लाई फोकस गरेर सञ्चालन गरिएको सुनेपछि आज तपाइँहरुसमक्ष छु’, राजेशपायलले विद्यार्थीहरुलाई जोस्याउँदै भने, ‘पढाईमा म कहिले पनि पहिलो भइनँ । संगीतमा कहिल्यै दोस्रो भइनँ । तर, तपाईंहरुचाहिँ पढाईमा पनि पहिलो नै हुनोस् है ।’

rajesh
कार्यक्रममा राजेशपायलले सहभागी विद्यार्थी, अभिभावक तथा कार्यक्रम सञ्चालिकाको हुटिङपछि जोशिएर ‘विद्यार्थीको हौसलाका लागि’ भन्दै गीत सुनाएका थिए । उनले आप्mनो पछिल्लो एल्बम दर्शन नमस्ते–३ को शिर्ष गीत दर्शन नमस्ते गाएर कार्यक्रमको रौनकता बढाए । विद्यार्थीहरुले राजेशपायलको स्वरसँगै स्वर मिलाउँदै नाचगान पनि गरे ।
कार्यक्रममा स्कुलका प्रिन्सिपल तथा नेप्लीज अमेरिकन रक व्याण्ड द भाईब्ज व्याण्डका ड्रमर दिरेकलाल श्रेष्ठले विद्यार्थीहरुमा मञ्चमा जाने बानीको विकास भएको खण्डमा आत्मविश्वास बृद्धि हुने भएकाले संगीत र कलालाई पनि केन्द्रित गरेर स्कुल सञ्चालनमा ल्याएको खुलाए ।
त्यस्तै, प्रमूख अतिथि नेपाल मिडिया सोसाइटीका अध्यक्ष तथा नेपाल समाचारपत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले गुणस्तरिय पढाई र व्यवहारिक ज्ञान दिएकाले नै स्कुलले फड्को मारेको पाएको बताए । स्कुलका अध्यक्ष सुनिलकृष्ण श्रेष्ठले कार्यक्रम हेरेर पहिलो अभिभावक दिवस नभई रजत वर्षको कार्यक्रम हेरेको महशुष भएको चर्चा गरे ।
अभिभावक दिवसमा स्कुलका विद्यार्थीहरुले गीत संगीत र नृत्य प्रस्तुत गरी सबैलाई चकित तुल्याएका थिए । कार्यक्रम पनि शिक्षिकाहरु रोशमी श्रेष्ठ र मञ्जरी आचार्यको मार्गनिर्देशनमा विद्यार्थीहरुले नै सञ्चालन गरेका थिए । करिब ८ सय अभिभावक र विद्यार्थीबिच सम्पन्न कार्यक्रममा स्पोर्टडेका विजयी विद्यार्थीहरुलाई स्कुलका अध्यक्ष सुनिलकृष्ण श्रेष्ठ, प्रिन्सिपल दिरेकलाल श्रेष्ठ, एकेडेमिक को–अडिनेटर विमला श्रेष्ठ, वडा नं १९ का प्रशासाकिय प्रमुख रकी शर्मा र गायक राजेशपायल राईले तक्मा र प्रमाणपत्र प्रदान गरेका थिए ।

Comments