फेसबुक दुरुपयोगको यस्तो दुर्दशा !
screennepal
प्रकाशित: २०७३, २३ फाल्गुन सोमबार
no img

काठमाडौ, २३ फागुन । सामाजिक सन्जाल फेसबुक संसारमै लोकप्रिय छ । तर बेला बेला यही सन्जालले तनाव सिर्जना गर्छ । एउटा यस्तै समाचार छ ।

IMG_5347
अमेरिकी रक्षा विभाग महिला नौसैनिकको अश्लिल तस्बिर फेसबुक ग्रुपमा सार्वजिनक गरेको आरोपमा सयौं पुरुष नौसैनिक अनुसन्धानको दायरामा परेका छन् ।
एक रिपोर्टका अनुसार ‘मरिन्स युनाइटेड’ नामक समूहमा हज्जारौं तस्बिर छन् यीमध्ये ड्युटीमा भएका महिला सैनिक पनि थिए ।
डेली मेलका अनुसार सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ र द वार हाउसको रिपोर्टमा खुलासा भएअनुसार फेसबुकको यो सिक्रेट ग्रुपको ३० हजार फलोअर्स छन्, जसमध्ये थुप्रै्रले पीडितमाथि निकै उत्तेजक र भद्दा कमेन्ट गरेका छन् । जनवरी ३० तारिखदेखि अहिलेसम्म दुई दर्जनभन्दा बढि महिलाको पहिचान भइसकेको छ । यो यस्तो उदाहरण हो कि मिडियाको सहि सदुपयोग गर्न सकिएन भने त्यो कारक निकै हानिकारक बन्न सक्छ । (एजेंसी)

Comments