सावा खोलामा कञ्चनको उमेर बढ्यो ! (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७३, २१ फाल्गुन शनिबार
no img

काठमाडौं, २१ फागुन । जो–कोहीलाई तन्नेरी देखिने वा बन्ने मन हुन्छ । कतिपय त वास्तविक उमेर समेत लुकाउन पनि पछि पर्दैनन् । तर, तन्नेरी गायक कञ्चन थलङ भने आफ्नो उमेरभन्दा चार/पाँच वर्ष बढीको देखिएका छन् ।

रहरले वा करले हो उनी एउटा गीतमा उनको उमेर बढी देखिएको हो । ‘यो सावा खोला’ बोल गीतको भिडियो हालै सार्वजनिक भएको छ, जसमा गायक कञ्चन केही फरक लुक्समा देखिएका छन् । यो गीत उनैले गाएका हुन् भने मोडलिङ पनि कञ्चनले नै गरेका छन् ।
पुर्वी पहाडी जिल्लामा छायांकन गरिएको ‘यो सावा खोला’ गीतको भिडियो सार्वजनिक गरेपछि कञ्चनले भने, ‘गाउँघरको रियालिटी देखाउन यस्तो लुक्स गरेको हुँ ।’
गायक खगेन्द्रकुमार यक्सो लिम्बूले निर्देशन गरेकोयस भिडियोमा गायक कञ्च्न्सँगै विपना र सिर्जनाको पनि अभिनय छ । जो मोडलिङ क्षेत्रका लागि नयाँ अनुहार हुन् । गाउँघरकै झल्को दिने यस गीतलाई अविानाश आङबुङले लेखेका हुन् । गीत तथा भिडियो निकै उत्कृष्ट बनेको छ । चर्चा नभएको आफ्नो गीतलाई भिडियोमा ल्याएको कञ्चनले बताए ।

Comments