खाश के भाको थियो सञ्जय दत्तको शुटिङमा ?
screennepal
प्रकाशित: २०७३, २० फाल्गुन शुक्रबार
no img

काठमाडौ, २० फागुन । बलिउड अभिनेता सञ्जय दत्त केही दिनयता आगरामा आफ्नो आगामी फिल्म ‘भूमी’ को सुटिङ गरिरहेका छन् । जहाँ दत्तका बाउन्सरले मिडियाकर्मीमाथि हमला गरेको समाचार आएको छ । जसमा पाँच मिडियाकर्मी घाइते भएका छन् । पत्रकारहरुले आगराको ताजगंज थानामा यससम्बन्धि अभिनेता दत्त र उनका बाउन्सरविरुद्ध मुद्दा दर्ता गरेका छन् । यद्यपी, संजय दत्तले यो पूरा घटनापश्चात् पत्रकारसँग माफी मागेका छन् ।

IMG_5319
स्रोतका अनुसार संजय दत्त फिल्मको पूरा कास्ट र क्रुसँगै पछिल्लो धेरै दिनदेखि आगरामा आफ्नो नयाँ फिल्मको सुटिङ गरिरहेका छन् । यसैक्रममा उनी ताजमहलको केही टाढा रहेको भिभिआइपी रोडमा फिल्मको एक दृश्यको छायांकन गरिरहेका थिए, जसका कारण त्यहाँ जाम भयो । यो जामका कारण देश विदेशबाट ताजमहल हेर्न आउने पर्यटकले ठूलै समस्याको सामना गर्नुपर्यो ।
आरोप अनुसार यस विषयमा जब केही पत्रकारले प्रतिक्रिया लिन घटनास्थल पुगे, संजय दत्तको इशारामा उनका बाउन्सरले मिडियामाथि हमला गरिदिए । यो कुटपिटमा पाँच पत्रकार घाइते भए । यस्तै, पत्रकारमाथि गरिएको हातपातको स्थानीयले विरोध गरेको बताइएको छ ।
पत्रकारको आरोप अनुसार संजय दत्तका बाउन्सरसँगै पुलिसले पनि मिडियासँग अभद्र व्यवहार गरे । पीडित पत्रकार अजय कुमारले भने, ‘म यहाँ समाचार संकलन गर्न मात्र आएको थिएँ तर संजय दत्तका बाउन्सरले ममाथि हात उठाए र लठ्ठीले मेरो टाउकोमा हान्न थाले । घटनाका कारण मेरो टाउको र छातीमा गम्भीर चोट लागेको छ ।’ (एजेन्सी)

Comments