बुद्धको ‘के छ मनको सुर…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १८ फाल्गुन बुधबार
no img

काठमाडौं, १८ फागुन । गायक बुद्ध ब. खत्रीको ‘के छ मनको सुर’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । ‘पुर्वै मोरङको’ बोलको गीतले चर्चामा आएका खत्री यस गीतमार्फत दर्शकको मन जित्नेमा ढुक्क छन् । गीतमा शब्द संकलन तथा लय प्रियजन राईको छ भने निर्देशन पनि उनैले गरेका छन् ।

पुर्वको शुन्दर नगरी उदयपुर कटारीमा मायालुलाई घुम्न जान गीतले आग्रह गरेको छ । पुर्वेली गीत पछिल्लो समय निकै सुस्ताएको बेला बुद्धले पुर्वेली गीत सार्वजनिक गरेको बताए । उक्त गीतको भिडियोमा प्रेम आले मगर, रश्मी दोङ, पुष्प राई र रंगकर्मी भोला अधिकारी लगायतले अभिनय गरेका छन् भने गीतलाई भोला अधिकारीले नै नृत्य निर्देशन गरेका छन् ।

https://www.youtube.com/watch?v=8dLVmHN33rA

Comments