काठमाडौं, ७ फागुन । नायिका तेजुला खतिवडा बिवाह बन्धनमा बाँधिएकी छन् । फागुण ७ गते शनिबार (आज) बिर्तामोड निवासी सुमनराज वस्नेतका साथ उनले बिवाह गरेकी हुन् । वस्नेत कानून ब्यवसाय भएपनि हाल ब्यापारको सिलसिलामा जापान बस्दै आएका छन् ।
तेजुलाले द मोष्ट वान्टेड, जष्ट फर युलगायतका चलचित्रमा अभिनय गरेकी छन् । राजधानीको कुण्डलिनी दरबार ब्याङ्क्वेटमा सम्पन्न बिवाह कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका नयाँ, पुराना कलाकारका साथै समाजका प्रतिष्ठित ब्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो ।