अभिनेत्री रेखाको यस्तो छ नेतृ रुप !
screennepal
प्रकाशित: २०७३, ६ फाल्गुन शुक्रबार
no img

rekha thapa (1)

काठमाडौं, ६ फागुन । राजधानीको भृकुटी मण्डपमा राप्रपा नेपालको महाधिवेशन सुरु भएको छ । जहाँ दुई चर्चित सेलिब्रेटी पनि सहभागी छन् । राप्रपा र राप्रपा नेपालबीच एकता भएसँगै गरिएको एकता महाधिवेशनमा अभिनेत्री रेखा थापा र गायिका कोमल ओली पनि चुनावी मैदानमा छन् ।  एकताका नेकपा माओवादी केन्द्रमा लागेर चर्चामा आएकी रेखा शुक्रबार अभिनेत्री होइन नेतृको रुपमा देखिइन् । केन्द्रीय सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएकी रेखालाई अहिले भोट माग्न चटारोले छोएको छ ।

rekha thapa
राप्रपामा प्रवेशसँगै पार्टीभित्रै एक किसिमको तरंग ल्याइरहेका बेला उनको केन्द्रीय सदस्य पदको उम्मेदवारीले थप चर्चा पाएको छ । पार्टी अध्यक्ष कमल थापाको ठाडो निर्देशनमा महाधिवेशन प्रतिनिधि बनेकी रेखा महाधिवेसन स्थलमा सारीमा देखिइन् । रेखाले भोट माग्नुको चटारोसँगै खिचेका केही तस्बिर आफ्नो एकाउन्टबाट शेयर गरेकी छन् ।

rekha thapa (2)

Comments