काठमाडौं, ३ फागुन । संगीतकार तथा गायक डिबी खड्काले आफ्नै शब्द तथा संगीतमा नयाँ गीत ‘छैन मेरो शहर..’ बाहिर ल्याएका छन् ।
आकर्षक भिडियो सहित उनले गीत अहिलेको चर्चित तथा धेरै भ्युर भएको म्युजिक नेपालको यु–ट्युव मार्फत सार्वजनिक गरेका हुन् । सेन्टिमेन्टल शैलीको गीतबाट आफुले सामाजिक सन्देश पनि दिने खोजेको गायक तथा संगीतकार खड्काले बताए ।
भिडियो एल पी पाण्डेले निर्देशन गरेका हुन् । बाबुराम भुषाल , सुरुची रायमाझी, राजकुमार श्रेष्ठ, बिष्णु नेपाली लगायतको अभिनय रहेको भिडियोमा नेपाली समाजमा कुरितिको रुपमा रहेको दाइजो प्रथालाई बिरोधको रुपमा देखाइन खोजिएको छ ।
समाज सेवामा समेत नाम कमाएका ब्यवसाही बाबुरामले सन्देश मुलक म्युजिक भिडियो भएकोले आफुले अभिनय गरेको बताए ।