काठमाडौं, २६ माघ । सञ्चारकर्मी तथा गीतकार डीपी परिश्रमीको आधुनिक गीतहरुको एल्बम ‘तिर्सना’ सार्वजनिक भएको छ । पछिल्लो समय गीत रचनामा सक्रिय रहेका परिश्रमीले आफ्नो यो एल्बममा सुगम संगीतमा आधारित सात वटा गीतहरु समावेश छन् ।
एल्बमका गीतमा मिलन अमात्य, सत्यराज आचार्य, स्वरुपराज आचार्य, हेमन्त शर्मा, आस्था राउत, राज सिग्देल तथा प्रमोद खरेल जस्ता लोकप्रिय गायक–गायिकाका स्वरहरु समावेश छन् । एल्बमका सबै गीतहरु वरिष्ठ संगीतकार शम्भूजीत बासकोटाद्वारा संगीतबद्ध गरिएका हुन् । यो एल्बमलाई डिलाइटेड म्युजिकले बजारमा ल्याएको हो ।
गीतकार परिश्रमीले एल्बममा समावेश गरिएका दुई भिन्न गीतका म्युजिक भिडियोहरु पनि सार्वजनिक गरेका छन् । एल्बमको मिलन अमात्यको स्वरको ‘आ“खाबाट…’ गीतको म्युजिक भिडियो केही महिनाअघि नै सार्वजनिक भएको हो । अर्जुन अधिकारीद्वारा निर्देशित यो भिडियोमा विपना थापा तथा अनिल थापाले अभिनय गरेका छन् । निशान घिमिरे उक्त भिडियोका सम्पादक हुन् ।
एल्बमको ‘आज भोलि…’ गीतको म्युजिक भिडियो भने यसै साता सार्वजनिक भएको छ । सत्यराज आचार्य तथा आस्था राउतको यूगल गीतको उक्त भिडियोलाई प्रदीप श्रेष्ठले निर्देश्ँन गरेका हुन् । यो भिडियोमा स्मृति बस्नेत तथा विशाल महर्जनले अभिनय गरेका छन् । अशिषेक पौडेल यो भिडियोका सम्पादक हुन् ।
https://www.youtube.com/watch?v=9XFS3j1htOE&feature=youtu.be