करिअर दौड : हाङ्देवादेखि राजधानीसम्म मीना… ! (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७३, २५ माघ मंगलवार
no img

mmm

तस्बिर : शिवलाल श्रेष्ठ
तस्बिर द स्टुडिया, बागबजार प्लाजा
मेकअप : गौरा राई
वल्ड ब्युटि क्लव एण्ड टे«निङ सेन्टर, गल्फुटार

काठमाडौं, २५ माघ । मोडलिङ क्षेत्रमै करिअर बनाउने अभिलाषासहित मीना मादेन ‘नुमाफुङ’ संघर्षको मैदानमा छिन् । र, उनले छोटो समयमै आफूलाई मोडलिङमा जमाउन समेत सुरु गरेकी छन् । ‘मिस मेची–२०१६’ मा सहभागीपछि ग्ल्यामरस क्षेत्रमा ‘इन्ट्री’ गरेकी मीनाले करिब एक दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । ‘मिस मेची’ मा बेस्ट ब्युटिफुल हेयर’ टाइटल उपाधि जितेकी मीनाले स्क्रीन नेपालसँग भनिन्, ‘यस क्षेत्रमा लागेको नौ महिनामात्र हुँदैछ, यो अवधिमा दर्जनको हाराहारीमा भिडियो गर्न भ्याएँ ।’

mina maden (2)
ताप्लेजुङको हाङ्देवामा जन्मेर झापामा हुर्केकी मीनाले भनिन्, ‘कलाकारिताप्रतिको मोह भने सानैदेखि थियो । तर, बल्ल अहिले रहर पूरा गर्न यस क्षेत्रमा आएकी छु ।’ नाच्न भनेपछि सानैदेखि हुरुक्कै हुने मीना आफ्नो कल्चरलप्रति पनि सजग छिन् । उनले नौ कक्षमा पढ्दै ‘झापा जिल्ला डान्स कम्पिटिसन’ मा भाग लिएकी पनि बताइन् ।

mina maden (6)
पाँच फिट चार इन्च उचाइकी मीना भन्छिन्, ‘मलाई आफ्नो कला, संस्कृति पनि मनपर्छ ।’ लिम्बू कल्चर नाच धान नाचदेखि च्याबु्रङ नाचसम्म आफूलाई आउने बताउँदै मीनाले भनिन्, ‘गाउँघरमा धान पनि नाच्थे, तर मलाई पालम भन्नचाहिँ आउँदैन ।’ अहिलेसम्म मेलिना राई, राजु आङ्देम्बे, सिला राई, मनु नेम्बाङ, फगेन्द्र सम्बाहाम्फेलगायतका गायक÷गायिकाको गीतमा मोडलिङ गर्न भ्याइसकेकी मीना अब चाहिँ अभिनेता राजेश हमालसँग एक भिडियोमा देखिँदैछिन् । मनोजराज सिवाकोटी र दीपा लामाको ‘म हिड्दा ठेसै लागे…’ बोल गीतको भिडियोमा मीना राजेश हमालसँग देखिन लागेकी हुन् । भर्खरै स्नातक प्रथम वर्षमा अध्यनरत मीनाले भनिन्, ‘अब चाँडै गायक कञ्चन थलङ र राजु आङ्देम्बेको गीतमा पनि मोडलिङ गर्दैछु ।’

mina maden (1)
म्युजिक भिडियोमा दिनानुदिन आफूलाई व्यस्त बनाउँदै आएकी मीनाले एक्शन तथा लभस्टोरी चलचित्रमा अभिनय गर्ने इच्छा रहेको पनि बताइन् ।

mina maden (5) mina maden (3)

mina maden (4)

Comments