भारतीय मिडियामा अर्चना रातारात ‘नेपालकी सनी लियोनी’ !
screennepal
प्रकाशित: २०७३, २३ माघ आईतवार
no img

काठमाडौं, २३ माघ । एउटै अभिव्यक्तिले रातारात चर्चामा आएकी अर्चना पनेरु यतिखेर भारतीय मिडियामा ‘हटकेक’ बनेकी छन् । ‘पार्न स्टार बन्छु’ भन्ने हट अभिव्यक्तिसँगै नेपाली मिडियामा चर्चा पाएकी अर्चनालाई अहिले भारतीय मिडियाले ‘नेपाली सनी लियोनी’ भन्दै उचालिरहेका छन् । महेन्द्रनगरकी यी अर्चनाले चर्चाको सदुपयोग गर्दै केही नेपाली चलचित्र र म्युजिक भिडियोहरुमा अभिनय गर्न पनि भ्याइन् । तर, उनले अभिनय गरेको चलचित्र फ्लप भएपछि गुमनाम बनेकी अर्चना एक्कासी भारतीय मिडियामा छाइन् । नेपाली चलचित्रकर्मीमाझ ‘अब अर्चना गुमनाम भइन्’ भन्ने कानेखुसी चलिरहेकै बेला अर्चनाको यो पछिल्लो खबरले फेरि तताएको छ ।

archana-paneru-outdoors
एक भारतीय मिडियाले अर्चनाबारे लेखेको छ, ‘भारतमा पोर्न स्टार सनी लियोनीबाट धेरैजना प्रभावित छन्, तीमध्ये एक हुन् अर्जना पनेरु पनि हुन्, जो नेपालकी सनी लियोनीको रुपमा चर्चित छन् ।’
त्यसो त भारतीय मिडिया ‘गसिप’ को पछाडि दौडिन माहिर छन् । यस्तै, अर्चनालाई पनि गसिपको पात्र बनाएका छन् । यतिसम्मकी अर्चनाले एक फिल्म खेल्दा साढे चार करोड लिने गरेको समेत बलिउड भास्करले उल्लले गरेका छ । यसले बलिउड मिडिया नेपाली विषयको समाचार लेख्दा गम्भीर नहुने देखाएको छ। साथै, भारतीय मिडियाहरुले अर्चनाबारे विभिन्न खुलासाहरु पनि गरेका छन् ।
समाजिक सञ्जाल फेसबुक तथा ट्विटरमा अर्चनाको अर्धनग्न तस्बिर पोस्ट गरेर उनकी आमा सुनितासँग एडल्ट इण्डष्ट्रिजमा जोडिएको छ । १० कक्षामा अध्ययन गर्दागर्दै स्कुलबाट निकाला गरिएपछि अर्चनाले मोडलिङ सुरु गरेको पनि जनाइएको छ ।
हुन पनि अर्चनाले सामाजिक सञ्जालमा आपत्तिजनक तस्बिर पोस्ट गरेरै चर्चामा आएकी हुन् । यसलाई भारतीय मिडियाले पनि उल्लेख गरेका छन् । अर्चनाले यसअघि नै सनी लियोनीलाई आफ्नो रोल मोडल बताइसकेकी छन् । जसलाई भारतीय मिडियाले पनि उचालेका छन् । अर्चनाले मोडलिङको सुरुवात म्युजिक भिडियोबाट सुरु गरेकी हुन् । सो भिडियोमा अर्चना आफ्नी आमा सुनिता र भाइ हरिश पनेरुका साथमा देखिएकी थिइन् ।

Comments