काठमाडौं, २३ माघ– ‘शिरको सौन्दर्य’ नामक मूर्तिकार रामकृष्ण भण्डारीको छैटौं ंएकल मूर्तिकला प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ । भण्डारीले तीस वर्षको अवधिमा निर्माण गरेका ५३ आवक्षमूर्ति प्रदर्शनीमा राखिएको हो ।
पूर्वमन्त्रीतथा नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले एक समारोहबीच उद्घाटन गर्दै कलाकारको उचित सम्मान राज्यले गर्न नसकेको बताए । स्रष्टाले राष्ट्रको पहिचानलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन भूमिका खेल्ने भएकाले कलाकारलाई राज्यले विभिन्न अवसर प्रदान गर्नुपर्ने माउनले जोड दिए । उनले भने, ‘कला सिर्जना गर्नका लागि धेरै ठूलो धैर्य, साहस र साधना आवश्यक पर्ने भएकाले यसको महत्वबारे राज्यको ध्यानाकर्षण गराउन मैले भूमिका खेल्नेछु ।’
नेपाली कलामा विशिष्ट योगदान पु¥याउने कलाकार कुलमानसिंह भण्डारीको ९१औं जन्मजयन्तीको अवसर पारेर मूर्ति प्रदर्शनीगरिएको हो । मूर्तिकारका पितासमेत रहेकाकलाकार कुलमान नेपालीकलामा प्रगतिशिल विचारका कलाबनाउने कलाकार समेत रहेका छन् । अखिल नेपाल ललितकला सङ्घको आयोजनामा आरम्भ समसामयिक मूर्तिकार समूह, भण्डारी आर्ट एण्ड ग्यालरी, कीर्तिपुर अरनिको कला केन्द्रले सहयोग गरेको सो प्रदर्शनीमा पारिजात, पासाङल्यामु शेर्पा, पुष्पलाल, पाण्डवराज घिमिरे, हरिहर यादवका साथै माक्र्स, लेनिनसमेतका ढुङ्गा र माटाले बनाइएकामूर्ति राखिएको छ ।
‘शिरको सौन्दर्य’ शीर्षकको सो प्रदर्शनीमा २०४६ सालका सहिद भएका कीर्तिपुरका हिराकाजी महर्जन, राजमानमाली, राजेन्द्र महर्जन र लनबहादुर महर्जनकामूर्ति पनि छन् । तीमूर्तिहरु टाउकादेखि छातीसम्म मात्र देखाइएको छ ।
वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीले मूर्तिकार रामकृष्णका पिता चित्रकार कुलमानसिंह दुःखी–गरिबका पक्षमा उभिने कलाकार भएको बताए । कला समीक्षक मुकेश मल्लले राज्यले कला सौन्दर्यको महत्वबुझीकला र कलाकारको संरक्षण गर्नु पर्नेमा जोड दिए ।
मूर्तिकार भण्डारीले ढुङ्गालाई फुटाएमा रोडा र कुँदेमा मूर्ति बन्छ भन्दै चित्र र मूर्तिहरु भनेका राज्यका सम्पत्ति रहने बताए ।मूर्तिकार नरेन्द्रप्रसाद भण्डारीले नेपाली मूर्तिकलामा रामकृष्ण भण्डारीको योगदान अतुलनीय रहेको बताए । उनले भने, ‘भण्डारी जस्ता कलाकारको संरक्षण राज्यले गर्नुपर्दछ ।’ प्रदर्शनी २३ माघ आर्थत् आज सकिँदैछ ।