प्रयास दोङको ‘दिम शाङ्बरी…’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, १८ माघ मंगलवार
no img

काठमाडौं, १८ माघ । तामाङ सेलोका नायक प्रयास दोङको दिम शाङ्बरी गीतको भिडियो सार्वजनिक भएको छ । प्रतिस्पर्धी दुनियाँमा होमिएका दोङले गायन क्षेत्रमा तामाङको लोप हुँदै गएको संस्कृतिलाई जोगाउन संदेश मुलुक गीत प्रस्तुत गर्दै आएको बताए ।
हालै सामाजिक सञ्जालमा सार्वजनिक दिम शाङ्गबरी बोलको गीतमा गायक प्रयास दोङ र गायिका सुस्मिता स्याङ्तानको आवाज रहेको छ । तामाङ सेलोशैलीमा रचिएको गीतमा गायक दोङको आफ्नै शब्द संगीत छ । सार्वजनिक भिडियोमा सुष्मा र प्रवेशलगायतका कलाकारको अभिनय छ । प्रतीक ङ्यासुरको कोरियोग्राफी रहेको भिडियोलाई बिक्रम लामाले छायांकन गरेका हुन् भने निर्देशन प्रेम लामाले ।

Comments