काठमाडौं, १५ माघ । मोडल तथा कोरियोग्राफर भावना गुरुङ अभिनीत चलचित्र ‘भाग्य आ–आफ्नो’ यतिखेर देशभरका सिनेमा हलमा रिजिल भइरहेको छ । शुक्रबारदेखि रिलिज भएको यस चलचित्रबाट उनी निकै आशावादी छिन् । उनी भन्छिन्, ‘हुन त यो चलचित्र निकै अगाडि निर्माण गरिएको हो, तैपनि चलचित्रबाट आशातित छु ।’ ‘भाग्य आ–आफ्नो’ तीन वर्ष अगाडि नै तयार भएको चलचित्र हो । यस चलचित्रका लागि निकै मिहिनेत खर्चेकी उनले सुनाइन् ।
चलचित्र ‘भाग्य आ–आफ्नो’ मा भावनाको विकास शाक्यसँग केमेष्ट्री रहेको छ । यो ‘भाग्य आ–आफ्नो एक फेमिली ड्रामा चलचित्र हो । यी चलचित्रकी नायिका भावनाका अनुसार ‘भाग्य आ–आफ्नो चेतनामूलक चलचित्र पनि हो । यस चलचित्रलाई समिर मियाले निर्देशन गरेका हुन् भने निर्माण विकाश शाक्यले गरेका हुन् ।
लामो समयदेखि मोडलिङ तथा फेसन कोरियोग्राफीमा क्रियाशील रहँदै आएकी भावना सुरुमा चलचित्र अभिनय रुचाउँदैनन् थिइन् । तर, पछिल्लो समय उनले चलचित्र अभिनयलाई प्राथमिकतामा राखेकी छन् । यसबारे भावनाले भनिन्, ‘सुरुमा मलाई चलचित्रमा अभिनय गर्ने रुचि नै थिएन । तर जब देश–विदेश घुमे, तब चलचित्रमा अभिनय गर्न आवश्यक देखेँ ।’ अबका दिनमा उनी राम्रो व्यानरमा काम गर्न चाहन्छिन् । थुप्रै टेलिचलचित्र र म्युजिक भिडियोमा अभिनय गरिसकेकी भावना भपन्छन्, ‘म्युजिक भिडियो त छनोट गरेर मात्र गर्न थालेकी छु । संख्या बढाएर मात्र केही नहुँदोरहेछ ।’
यो साता रिलिज भएको चलचित्र ‘भाग्य आ–आफ्नो’ले भावनाको पनि भाग्य निर्धारण गर्नेछ जबकि, उनले मिहिनेत गरेअनुसार अपेक्षा गरेकी छन् । र, आगामी दिनमा चलचित्र अभिनयलाई प्राथमिकता दिने समेत बताएकी छन् । हेरौं यो साता भावनाको भाग्य कस्तो होला ?