कोरियोग्राफर विपनाको यस्तो मिठो स्वर ! (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १४ माघ शुक्रबार
no img

काठमाडौं, १४ माघ । मोडल तथा चर्चित कोरियोग्राफर विपना थापा आफैले गाएको गीतको भिडियो रिलिज भएको छ । ‘तिमै्र नाउँमा यो जीवन’ बोल गीतको यस भिडियोमा विपना आफैले मोडलिङ गरेकी छन् । उनी पछिल्लो समयका चर्चित फेसन डिजाइनर कमल मानन्धरले डिजाइन गरेको पहिरनमा देखिएकी छन् । चोभारमा छाायांकन गरिएको यस भिडियोका लागि पहिरन तयार पार्न ८० मिटर कपडा प्रयोग भएको कमलले बताएका छन् । भिडियो रिलिजसँगै अहिले विपनाले पहिरिएको पहिरनले पनि चर्चा पाइरहेको छ ।
राकेश गुरुङको एरेञ्ज रहेको ‘तिमै्र नाउँमा यो जीवन’ मा  संगीत तथा शब्द प्रमोद कोइरालाको रहेको छ । यस भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । हरि हुमागाइँको छायांकन र निशान घिमिरेको सम्पादन रहेको यस भिडियोलाई केही दिनमै दर्शकले हेर्न पाउन मोडल तथा गायिका विपनाले बताइन् ।

Comments