डम्बर नेपालीलाई हेर्नुस् ‘रक्सी नखाई…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १४ माघ शुक्रबार
no img

काठमाडौं, १४ माघ । चर्चित गायक डम्बर नेपालीको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘अन्तिम पटक भेट्न आऊ’ जस्ता लोकप्रिय गीतमार्फत चर्चामा आएका डम्बरले पछिल्लो समय आएर ‘रक्सी नखाई…’ बोलको गीत तथा भिडियो सार्वजनिक गरेका हुन् ।
भिडियो रिलिजसँगै डम्बर भने सांगीतिक कार्यक्रमका लागि मलेसियातिर उडेका छन् । उनको अत्याधिक रुचाइएको गीत ‘अन्तिमपटक भेट्न आऊ’ र यो उनको पछिल्लो सार्वजनिक गीतको भाव नमिलेपनि कता–कता सम्बन्ध जोडिएको पाइन्छ जबकि, यी दुवै गीतमा पे्रम वियोगको झल्को पाइन्छ ।
‘रक्सी नखाई…’ बोलको यस गीतमा गायक डम्बरकै शब्द तथा संगीत रहेको छ । यो गीतको भिडियोलाई पछिल्लो समयका चर्चित निर्देशक युगल पोमुले निर्देशन गरेका हुन् । यस भिडियोमा हास्य कलाकार श्याम राई, विल्सनविक्रम राई, आश्मा पाण्डे र तेञ्जु योञ्जनलाई तेह्रथुमे ढाका पहिरन पहिरिएर अभिनय गरेका छन् । गीतको भाव सेन्टिमेन्टल भएपनि यो भिडियो रोमान्टिक छ । अर्जुन तिवारीको छायांकन रहेको यस भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । यस भिडियोलाई गायक रुकमान लिम्बूको यु–ट्युब च्यानल ‘रुबुशा’ मार्फत रिलिज गरिएको हो ।

Comments