ईन्जिनियरको ‘बदमास माया’
screennepal
प्रकाशित: २०७३, १३ माघ बिहीबार
no img

prakash kafle1

काठमाडौं, १३ माघ ।  गीतकार प्रकाश काफ्लेको ‘बदमास माया’ बजारमा आएको छ । लोकगायक लक्ष्मण चापागाई र ई. जयन्ती जोशीको स्वर रहेको म्यूजिक भिडियो युट्यूवमा अपलोड समेत गरिएको छ । पेशाले नेपाल विद्युत प्राधिकरणका इन्जिनियरसमेत रहेका गीतकार काफ्लेले पश्चिमाञ्चलमा प्रचलित ‘रोइला गीत’ लाई लोकदोहोरीमार्फत बजारमा ल्याएको बताए । उनले भने, ‘गीत संगीतप्रतिको रुचिले मैले यो गीतको म्यूजिक भिडियो समेत किाल्ने जमर्को गरेको हुँ । युटुबमा दर्शकको अपार माया पाएको छ बदमास मायाले, यसले ममा अझ उर्जा थपेको छ ।’
सो म्यूजिक भिडियोमा गीतकार काफ्ले र जयन्ती जोशीले अभिनय गरेका छन् । काफ्लेले यसभन्दा अगाडि ‘मेरो अन्तिम धोको’ लोकदोहोरी बजारमा ल्याएका थिए ।
सानैदेखि गीत संगीतमा रुचि राख्दै आएका काफ्लेले लोकगीत मार्फत समाजका विविध पक्षमा गीत लेख्दै आएका छन् । उनले छिट्टै बालगीत बजारमा ल्याउन लागेको बताए ।

Comments