काठमाडौं, १३ माघ । स्टन्ट, थ्रीलर तथा मिसनमा आधारित नेपाली चलचित्र ‘ब्ल्याक डायरी’ले आफ्नो निर्माणक्रम सकेर चलचित्र प्रदर्शनको निम्ति सेन्सर गरिएको छ ।
युवा पिढींलाई मध्यनजर राखेर निर्माण गरिएको भनिएको ‘ब्ल्याक डायरी’ बाइक स्टण्ड र मर्डर मिस्त्रीमा आधारित रहेको पत्रकार सविन शाक्यले बताएका छन् ।
चलचित्रको कन्टेन र प्रस्तुतिकरणमा पृथक प्रस्तुती रहेको चलचित्र ‘ब्ल्याक डायरी’ ०७४ बैशाखबाट देशभर एकसाथ प्रदर्शन गर्ने पनि बताइएको छ । चलचित्रमा रमेश सिंह ठकुरी, भुवन केसी पुजा भट्ट, अभय कुँवर, बबिता घिमिरे, निकिता शाही, बाल्दिप राईलगायतका कलाकारको अभिनय रहेको छ ।
क्याट भिजन प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रको प्रस्तुतकर्ता सबिन शाक्य हुन् । चलचित्रको निर्माण अनोज अघिकारीले गरेका छन् भने चलचित्रलाई निर्देशन सुजन घिमिरेले गरेका छन् ।