उत्तमजङको ‘रिति’ सार्वजनिक (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १२ माघ बुधबार
no img

Uttam jung (1)

काठमाडौं, १२ माघ । गायक तथा संगीतकार उत्तमजंङ लिम्बू लावती गीति एल्बम ‘रीति’सहित दर्शकमाझ आएका छन् । गायनसँगै संगीतमा समेत आफूलाई अगाडि बढाइरहेका उत्तमको ‘रीति’लाई बुधबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरिएको हो ।

Uttam jung (2)

एल्बमको संगीतकार शान्तिराम राई ताराप्रकाश लिम्बू, पारस मुकारुङ, गायक दीपक लिम्बू, तुलसी पराजुली, भीषण मुकारुङ र गायन सयंमले संयुक्त रुपमा सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै प्राज्ञ तथा संगीतकार शान्तिराम राईले उत्तमजङको गायन र संगीत सिर्जनाको तारिफ गरे । उनले भने, ‘उत्तमजंङ नेपाली सांगीतिक क्षेत्रका लागि उक्तम व्यक्तित्व हुन् । उनी गायनमा जति अब्बल छन् संगीतमा पनि उत्ति नै ।’ पहिलो गायन रियालिटी शो ‘खोजी प्रतिभाको’बाट नेपाली गायनमा उदाएका उत्तमजङले तीन दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेका छन् भने आधा दर्जन चलचित्रमा संगीतसमेत गरिसकेका छन् । ‘रिति’ उनको तेस्रो एल्बम हो । जसमा उत्तमजंगकै स्वर, संगीत र शब्दरचना रहेको छ ।

Uttam jung
‘रीति’ सार्वजनिक गरेपछि गायन तथा संगीतका उत्तमजङले भने, ‘यो गीत मेरो यसअघिका भन्दा केही फरक छ । यो गीत स्टेजलाई लक्षित गरेर तयार गरेको हुँ ।’
कार्यक्रममा ‘रीति’ भित्र समावेश ‘मा¥यौनि निरमाया’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । हरी हुमागाईले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा अलिशा राई, निराजन प्रधान र सुरेनले अभिनय गरेका छन् । डान्सिङ बिटको उक्त गीतको भिडियोका लागि गम्भीर विष्टले कोरियोग्राफी गरेका छन् भने छायांकन उत्तम हुमागाई र सम्पादन निशान घिमिरेको रहेको छ । जुन गीतको भिडियोलाई यु–ट्युबमा समेत बुधबारै रिलिज गरिएको छ ।

Comments