डिबीको ‘तिमीले मलाई भुलेनी…’ सार्वजनिक (भिडियो)
screennepal
प्रकाशित: २०७३, १० माघ सोमबार
no img

काठमाडौं, १० माघ । संगीतकार बसन्त सापकोटाको संगीत रहेको ‘तिमीले मलाई भुलेनी…’ बोल गीतको भिडियोसार्वजनिक भएको छ । उक्त भिडियो यु–ट्युवमार्फत सार्वजनिक गरिएको हो ।
भिडियोमा नारायण र अष्मिताको अभिनय रहेको छ । रोमान्टिक थिम उठाइएको भिडियो निकै आकर्षक लोकेसनमा छायाँकन गरिएको छ । भिडियो छायाँकनमा चलचित्रको गीतभन्दा पनि बढी मिहिनेत गरिएको छ ।
कुमार बिवाहितको शब्द र स्वर डिबी खड्काको रहेको य िगीतको भिडियोमा पवन घिमिरेको छायाँकन र एलपी पाण्डेको निर्देशन रहेको छ । यो गीत ‘जलन’ एल्बम मा समावेशे छ ।

Comments