‘तिम्रै नाउँमा यो जीवन’ भन्दै विपना गायिका बनेपछि… (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७३, ६ माघ बिहीबार
no img

Bipana Thapa (4)

काठमाडौं, ६ माघ । मोडल तथा कोरियोग्राफर विपना थापाले अर्को पनि परिचय थपिएकी छन् । म्युजिक भिडियो र विभिन्न इभेन्टहरुमा आफूलाई व्यस्त गराउँदै आएकी विपनाले एउटा गीत गाएकी छन् । यससँगै उनी अब गायिका पनि बनेकी छन् । विपनाको स्वर रहेको ‘तिम्रै नाउँमा यो जीवन’ बोल गीतलाई दुई दिन लगाएर भिडियो निर्माण गरिएको छ । आफ्नो पहिलो गीत भएकाले भिडियो निर्माणमा पनि मिहिनेत गरेको विपनाले बताइन् । यस गीतको भिडियो मंगलबार र बुधबार चोभारमा छाायांकन गरिएको छ ।

Bipana Thapa (3)
राकेश गुरुङको म्युजिक एरेञ्ज रहेको ‘तिम्रै नाउँमा यो जीवन’ मा  संगीत तथा शब्द प्रमोद कोइरालाको रहेको छ । अर्जुन अधिकारीको निर्देशन रहेको आफ्नो गीतमा विपनाले नै मोडलिङ गरेकी छन् । विपनासँगै भिडियोमा समिम खानले अभिनय गरेका छन् । यस म्युजिक भिडियोमा पछिल्लो समयका चर्चित फेसन डिजाइनर कमल मानन्धरले तयार गरेको पहिरनमा विपनालाई देखिनेछिन् ।
हरि हुमागाइँको छायांकन र निशान घिमिरेको सम्पादन रहेको यस भिडियोलाई केही दिनमै दर्शकले हेर्न पाउन मोडल तथा गायिका विपनाले बताइन् ।
विपनाले पछिल्लो समय ‘कलेज क्वीन नेपाल’ र ‘सिन्डे«ला नेपाल’ जस्ता प्रतियोगिताको कोरियोग्राफी गरेकी छिन् ।

Bipana Thapa (2) Bipana Thapa (1) Bipana Thapa

Comments