‘हाँसखेल गर्दै…’ रितुराज (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ४ माघ मंगलवार
no img

ritu

काठमाडौं, २९ पुस । गायक तथा संगीतकार रितुराज लिम्बूले अर्को नयाँ भिडियो सार्वजनिक गरेका छन् । केही समयअघि मात्र भिडियो रिलिज गरेका रितुराजले आफ्नो एल्बम ‘रहर–५’ मा समावेश ‘हाँसखेल गर्दै…’ बोल गीतको भिडियोलाई स्क्रीन नेपालको यु–ट्युबमार्फत सार्वजनिक गरेका हुन् । एक महिनामा चार गीतको भिडियो रिलिज गर्ने उद्देश्य अनुरुप यो भिडियो सार्वजनिक गरेको रितुराजले बताए ।
सार्वजनिक भिडियोलाई गायक तथा संगीतकार समेत रहेका रोज लिम्बूले निर्देशन गरेका हुन् । नयन दिवश सुब्बाको शब्दरचना रहेको यस गीतको भिडियोमा बसन्त लिम्बू र दृश्या लिम्बूले मोडलिङ गरेका छन् । छायांकन समेत रोजकै रहेको यस भिडियोलाई रञ्जित पाख्रिनले सम्पादन गरेका हुन् । भिडियो पुर्वको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको हो ।

https://www.youtube.com/watch?v=qawXXzhwLWQ

Comments