‘तिम्रै यादमा बाँचेका छु…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, २ माघ आईतवार
no img

काठमाडौं, २ पुस । दिनहुँजसो लोकगीतहरु बजारमा आइरहेका छन् । यसैक्रममा गायक टेकबहादुर सुनारको स्वरमा रहेको ‘तिम्रै यादमा बाँचिराको छु’ बोलको लोकगीत सार्वजनिक भएको छ ।
अम्मर सिंहले लेखेका शब्दहरुमा मायाका कुराहरु पाइन्छन् । साथै गीतमा संगीत पनि अम्मरले नै भरेका छन् । परेली फिल्मस्को उत्पादन तथा बितरण रहेको यस गीतको भिडियोलाई मिलन कार्कीले निर्देशन गरेका हुन् । सागर गौतमले छायांकन गरेको यो भिडियोमा पोखरा तथा काठमाडौंका रमणीय स्थानहरु देखाइएको छ ।
भिडियोमा नारायण ढकाल, मनिषा श्रेष्ठ र उज्जवल बिकले अभिनय गरेका छन् । दाङमा जन्मिएका नवगायक टेकबहादर सुनारको यो पहिलो गीत हो ।

Comments