‘म बाँचेकै तिमीसँग…(भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, २९ पुष शुक्रबार
no img

काठमाडौं, २९ पुस । अभिनय विधामा नानी थापाको प्रशंसा जति गरेपनि सायद कमै हुन्छ। अभिनय, लेखन र निर्देशन विधामा समेत पोख्त नानीको अभिनय र निर्देशन रहेको आधुनिक ‘म बाँचेको’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा नानीको अभिनय मात्र होइन निर्देशन पक्ष पनि उत्कृष्ठ रहेको छ ।

गायक प्रमोद खरेलको स्वर रहेको यस गीतमा एकनारायण भण्डारीको शब्द रहेको छ । यस गीतमा संगीत भने आशिष अविरलको रहेको छ । दुई दशकदेखि फोटोग्राफी तथा भिडियोग्राफीमा चर्चित रहेका कमल कोइरालाको छायांकन रहेको यस भिडियोलाई लोटस इन्टरटेन्टमेन्टले निर्माण गरेको हो । भिडियोमा नानीको अलावा अविन, प्रकाश र नितान्तको अभिनय हेर्न सकिन्छ ।

Comments