हङकङ–युकेमा मिलनको ढाका पहिरनको चर्चा
screennepal
प्रकाशित: २०७३, १९ पुष मंगलवार
no img

mm

काठमाडौं, १९ पुस । मिलन अमात्य पछिल्लो समयकी चर्चित र व्यस्त गायिका हुन् । तर, अब मिलनलाई यति भनेर मात्र पुग्दैन किनकि, उनी मोडल अर्थात् सुन्दरी गायिका पनि हुन् । उनको स्वरमा जति जादू छ, त्यति कै सुन्दरतामा मोहनी । पछिल्लो केही समययता गायनसँगै आफ्नो गीतमा मोडलिङसमेत गर्दै गायिका मिलन हङकङ र युकेमा ढाका पहिरनमा खुलिन् ।

milan
हङकङमा ‘पाथिभरा नाइट–२’ मा सहभागीपछि सिधै युके पुगेकी मिलनले आफ्नो स्वरको त जादुमय प्रस्तुत गरिन् नै, उनले लगाएको तेह्रथुमे ढाका कलेक्शनले तयार गरेको ढाका पहिरनले देखेर युकेबासी नेपाली दर्शक मख्खै परे । मिलनको युके र हङकङ कार्यक्रमकै लागि तेह्रथुमे ढाका कलेक्शनकी फेसन डिजाइनर निरु आङबुङले पहिरन तयार गरिदिएकी थिइन् ।

m
सुन्दर र गोरो वर्णकी गायिका मिलन ढाकामा साँच्चीकै खुलिन् । नत्र उनको तस्बिर हेर्नु्स् त । मिलनले कार्यक्रम सोचेभन्दा राम्रो भएको प्रतिक्रिया स्क्रीन नेपाललाई बताइन् । अनलाइन कुराकानीमा मिलनले भनिन्, ‘कार्यक्रम एकदमै राम्रो भयो ।’ हुन त मिलनले आफू जहाँ पुगेपनि दर्शकलाई भरपूर्ण मनोरञ्जन प्रदान गर्दै आएकी छन् । मिलन स्टेजमा मात्र नभएर स्टुडियोकी पनि व्यस्त गायिका हुन् ।

Comments