काठमाडौं, १९ पुस । गायक त्रिलोक रानाले करिब सात वर्षपछि नयाँ एल्बम ‘वरदान’ लिएर आएका छन् । गायक रानाले आफ्नो एल्बममा समावेश गीत काँडा छोए फुल बन्छको म्युजिक भिडियो समेत सार्वजनिक गरेका छन् । विभिन्न ८ वटा गीत समावेश गरिएको उक्त एल्बमको पहिलो गित काँडा छोए फुल बन्छको म्युजिक भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् ।
सुनिल मास्केको संगीत तथा किशोर थापाको शब्द रहेको गीतको भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । जसमा सुन्दरी नायिका बेनिशा हमालको प्रेमको चर्चा गरिएको छ । भिडियोमा बेनिशाका प्रेमीका रुपमा अनिल थापा देखिएका छन् ।
दर्जनौँ चर्चित गितमा स्वर भरिसकेका गायक रानाका उक्त एल्बममा तिमीलाई छुने हावा घाम भाग्यमानी, पहिलो भेटमा तिमीसंग माँया गाँसु लाग्यो, जलाउँ झैँ लाग्छ संसार सारा,कोही छ की यहाँ डौतरी मिल्ने, तिमीले सियोमा धागो हालेको,मुटुको धुप जलिरहन्छ र भुली दिनु भन्थ्यौ तिमीले गरी जम्मा ८ वटा गित समावेश गरिएको छ ।
https://www.youtube.com/watch?v=eZ9ZAR8aoT8&feature=youtu.be