‘क्रिष्टमस मुड’मा सुपर मोडल इच्छा ! (फोटोफिचर)
screennepal
प्रकाशित: २०७३, ७ पुष बिहीबार
no img

मोडल : इच्छा कार्की, द सुपर मोडल नेपाल–२०१६
तस्बिर :  शिवलाल श्रेष्ठ, तस्बिर स्टुडियो बागबजार ।

ichchha-karki-super-model-6
काठमाडौं, ७ पुस । ‘द सुपर मोडल नेपाल–२०१६’की विजेता हुन् इच्छा कार्की । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टले पहिलोपटक यस वर्ष आयोजना गरेको ‘द सुपर मोडल नेपाल–२०१६’मा इच्छा विजेता बन्न सफल भएकी हुन् । इच्छा आफू जति सुन्दर छिन्, उनी अरुलाई पनि सुन्दर बनाउने कलामा सिपालु छिन् । पाँच फिट १० इन्च उचाइकी इच्छा ‘दि ब्युटि बार’की म्यानेजिङ डाइरेक्टर हुन्, जुन राजधानीको नक्सालमा छ ।
स्किन थेरापी विशेषज्ञसमेत रहेकी यी सुपर मोडलले हालसम्म थुप्रै -याम्प शोहरुमा क्याटवाक गरिसकेकी छन् । ब्युटिसियनलाई पेसा बनाएर मोडलिङ अँगाल्दै आएकी इच्छाले स्क्रीन नेपालसँग भनिन्, ‘मोडलिङ मेरो रहर र रुचि हो ।’ यिनै सुपर मोडलले यो साता क्रिष्टमस मुडमा फोटासुट गराएकी छन् । ‘क्रिष्टमस डे’ नजिकिँदै गर्दा उनले बागबजार प्लाजामा रहेका तस्बिर स्टुडियोमा यो फोटोसुट गराएकी हुन् ।
ichchha-karki-super-model-5 ichchha-karki-super-model-4 ichchha-karki-super-model-3 ichchha-karki-super-model-2 ichchha-karki-super-model-1

Comments