एक दशकपछि सुरजलाई ‘जाडो सारो भो’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, ३० मंसिर बिहीबार
no img

काठमाडौं, ३० मंसिर । कुनै समय निकै चर्चित थियो ‘लाउन त लाइदिये माया मैले नबुझ्नेलाई बुझ्ने गरी’ बोलको गीत । यो गीत गायक सुरज गुरुङले गाएका हुन् । अहिले यिनै गायक एक दशकपछि ‘जाडो सारो भो’ बोलको गीत लिएर आएका छन् । यस गीतमा आवाजको साथै संगीत तथा शब्द पनि गुरुङकै छ । यस गीतको एरेन्ज बिनय केटुले गरेका हुन् ।

यस गीतमा चर्चित भिजे तथा मोडल शिशिर भण्डारी र चितवनकी मोडल सुमन अभिनय गरेका छन् । यस समय सापेक्ष गीतको भिडियोलाई कुमार शाहले निर्देशन गरेका हुन् भने छायांकन राजकुमार लामिछाको रहेको छ ।

https://www.youtube.com/watch?v=e3A_f8cAds0&feature=youtu.be

Comments