गुम्बा पुनर्निर्माण अघि खाम्डाक रिम्पोछेको प्रबचन
screennepal
प्रकाशित: २०७३, ३० मंसिर बिहीबार
no img

काठमाडौं, ३० मंसिर । धादिङको सेर्तुङ–१ बरङको क्षतिग्रस्त दरजुङ समये छ्योलिङ गुम्बा पुनर्निर्माण हुने भएको छ । गुम्बाको पुर्ननिर्माण अघि तीनदिने प्रबचन तथा अभिषेक कार्यक्रम हुँदैछ । दरजुङ समये छ्योलिङ गुम्बा समितिले राजधानीमा पत्रकार सम्मेलन गरी पुननिर्माणबारे जानकारी गराएको हो ।

15493974_10157926119205230_1136827639_n

मार्क तामाङ, कार्यक्रम संयोजक

गुम्बा पुनर्निर्माण तथा प्रबचन तथा अभिषेक कार्यक्रमका संयोजक मार्क तामाङले भने, ‘लामा विधिअनुसार गुम्बा निर्माणअघि पुजापाठ गर्ने चलन छ । त्यसैअनुसार प्रबचन कार्यक्रम गर्न लागिएको हो ।’ पुस ८ देखि १० गतेसम्म हुने कार्यक्रममा खाम्डाक रिम्पोछेले प्रबचन तथा अभिषेक गर्दैछन् । प्रबचन तथा अभिषक कार्यक्रमका लागि राजधानीबाट समेत बौद्ध धर्मालम्बी गुरु तथा अनुयायीहरु सेर्तुङ जाँदैछन् ।
२०७२ साल बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पले गुम्बा क्षतिग्रस्त भएको थियो । भूकम्पले क्षतविक्षत बनेको भग्नावेश हटाएर पुनर्निमाण गर्न लागिएको गुम्बा विकास समितिका पूर्वसदस्य सचिवसमेत रहेका संयोजक तामाङले जानकारी गराए । सेर्तुङ पर्यटकिय तथा सांस्कृतिक रुपमा समेत विकास गर्न सकिने बताउँदै तामाङले भने, ‘सेर्तुङ धादिङ जिल्लाकै एक सुन्दर र पर्यटकिय क्षेत्र हो । तर, प्रचारका अभावमा ओझेलमा परेको छ । २५ सय मिटर उचाईमा रहेको दरजुङ समये छ्योलिङ गुम्बाबाट गणेश हिमाललाई आँखै अगाडि नियाल्न सकिन्छ ।  सेर्तुङ राजधानीबाट मात्र ११८ किमी टाडा छ ।

Comments