Fashion : यस्तो छ तेह्रथुमे ढाका कलेक्शनको ‘कनेक्शन’
screennepal
प्रकाशित: २०७३, २८ मंसिर मंगलवार
no img

कसरी जन्मियो त ‘तेह्रथुमे ढाका कलेक्शन’ ? सञ्चालकमध्येकी निरुले स्क्रीन नेपाललाई भनिन्, ‘करिब तीन वर्षअघि साथी संगीतासँग मिलेर केही गरौं भन्ने सोच आयो । त्यसपछि के गर्ने त भन्ने सोच्दासोच्दै आफ्नो जन्म जिल्ला पनि चिनाउने र ढाकाको पनि प्रवद्र्धन गर्ने भनेर तेह्रथुमे ढाका कलेक्शन सञ्चालनमा ल्याएका हौं ।’

– एमपी सुब्बा

काठमाडौं, २८ मंसिर । आहा तेह्रथुमे ढाका ! नेपाली फेसन बजारमा यसैगरी प्रिय बन्दैछ तेह्रथुमे ढाका पहिरन । र, दिनदिनै जनबोली र रोजाइमा पर्दै गएको छ ढाका पहिरन । ढाकाको सारी होस् वा कोट, कसैले लगाएको देख्यो भने नलोभिने यहाँ कमै भेटिन थालेका छन् । र, उनीहरु भन्छन्, ‘यो ढाका पहिरन कहाँ पाइन्छ ?’ पछिल्लो समय यसरी तेह्रथुमे ढाका कपडाबाट बनेको पहिरन आम फेसन पारखीको आँखामा पर्न थालेको छ ।

niru-angbung

निरु आङबुङ

कुनै समय पूर्वी नेपालमा मात्र प्रचलित तेह्रथुमे ढाका पहिरन यसरी लोकप्रियता हुँदै जानुलाई निरु आङबुङ र संगीता लिंखाको पनि देन मानिन्छ । निरु र संगीताले ललितपुरको मिलनचोकमा सञ्चालनमा ल्याएको ‘तेह्रथुमे ढाका कलेक्शन’ले ढाकामा प्रवद्र्धनमा ठूलो टेवा पुगेको छ ।

terhathume-dhaka-colections-2
हुन त राजधानीमा तेह्रथुमे ढाका कलेक्शनबाहेक अरु पनि छन्, जसले ढाका उत्पादन तथा बिक्री–वितरण गर्दै आएका छन् । ढाका कपडा तथा पहिरन प्रवद्र्धनमा उनीहरुको देन नभएको भने होइन । तर, तेह्रथुमकै नाम जोडेर (ढाकाकै लागि लोकप्रिय मानिन्छ) तेह्रथुमे ढाका कलेक्शनले राजधानीमा बजार प्रवद्र्धन गर्दै आएको छ ।

पछिल्लो समय विदेशबाट समेत तेह्रथुमे ढाकाको माग बढ्दै रहेको फेसन डिजाइनरसमेत रहेकी निरुले स्क्रीन नेपालसँग बताइन् । यसरी तेह्रथुमे ढाकाको लोकप्रियता र बढ्दो मागको प्रशंगमा ‘तेह्रथुमे ढाका कलेक्शन’ कसरी सञ्चालनमा आएको थियो/आयो भन्ने पनि यहाँ दर्साउन जसरी छ ।

terhathume-dhaka-colections-3
कसरी जन्मियो त ‘तेह्रथुमे ढाका कलेक्शन’ ? सञ्चालकमध्येकी निरुले स्क्रीन नेपाललाई भनिन्, ‘करिब तीन वर्षअघि साथी संगीतासँग मिलेर केही गरौं भन्ने सोच आयो । त्यसपछि के गर्ने त भन्ने सोच्दासोच्दै आफ्नो जन्म जिल्लालाई पनि चिनाउने र ढाकाको पनि प्रवद्र्धन गर्ने भनेर तेह्रथुमे ढाका कलेक्शन सञ्चालनमा ल्याएका हौं ।’ उनले अहिलेको आफ्नो व्यवसायिकलाई अचानक अँगालेको बताइन् । निरुले भनिन्, ‘म गायिका बन्नलाई तेह्रथुमबाट राजधानी आएकी हुँ । तर, फेसन डिजाइनर भएँ। अहिले यसैमा पनि सन्तुष्टि छु ।’

terhathume-dhaka-colections
फेसनको व्यवसायिक  निरुको चाहना पनि हो । उनले भनिन्, ‘म सानैदेखि फेसनप्रति चासो राख्थे । बजारबाट किनेर ल्याएको रेडिमेड कपडा पनि काटकुट गरेर आफ्नै तालको बनाएर लगाउँथे । सायद फेसन व्यवसायिक बन्नलाई रहेछ ।’ हुन त निरुले ढाकाको व्यापार गर्नुअघि नर्ससमेत बन्ने धोको लिएकी थिइन् । तर, इन्ट्रान्स परीक्षामा नाम ननिस्केपछि उनको नर्स बन्ने इच्छा अपुरो भएको थियो ।

terhathume-dhaka-colections-4
निरुका अनुसार तेह्रथुम ढाका कलेक्शन करिब पाँच लाख रुपैयाँबाट सुरु भएको हो । तर, अहिले यो कलेक्शनले नेपालमा मात्र नभएर विदेशमा पनि आफ्नो व्यापार फैलाइसकेको छ । अनलाइन तथा सामाजिक सञ्जालले गर्दा आफ्नो व्यवसायिक विदेशमा रहेका नेपालीसामु पु-याउन सजिलो भएको निरुले बताइन् । विदेश कहाँ–कहाँबाट ढाकाको माग आउँछ त ? भन्ने प्रश्नमा निरुले भनिन्, ‘जहाँ–जहाँ नेपाली छन्, त्यहाँबाट माग आइरहेको छ । विशेषगरी हङकङ, ब्रुनाई, सिंगापुर र युकेबाट बढी माग आउँछ ।’

terhathume-dhaka-colections-1
तेह्रथुमे ढाका कलेक्शनमा ढाकाका लिम्बू पराम्परागत पहिरनदेखि आधुनिकसम्म पाइने निरुले बताइन् । उनका अनुसार ढाकाको सारी, कोट, टाई, लेहेँगा–चोली, मेख्ली, तागा, वानपिस, कुर्ता सुलवार, गाउन, आउटडोर, टोपी ब्यागलागयत अर्डरअनुसार पाइन्छ । दिनदिनै फेसनको बजार मौलाइरहेको बेला तेह्रथुमे ढाकाको पनि नयाँ र आधाुनिक पहिरनहरु सिर्जना गर्नतिर आफू लागेको निरुले बताइन् । पछिल्लो समय ढाकाको लोकप्रियता बढ्दै गएपछि ‘ढाका फ्युजन’ को पनि चलन बढ्दै गएको छ । ढाका पहिरनको पारखीहरुले अन्य कपडामा ढाका मिश्रण गरेर आफूले चाहेअनुसारको पहिरन लगाउन थालेका छन् ।

Comments