अब पुस्तकमा कलाकार रागिनी
screennepal
प्रकाशित: २०७३, २८ मंसिर मंगलवार
no img

काठमाडौं, २८ मंसिर । विगत चालिस वर्षदेखि कला क्षेत्रमा सशक्त रुपमा क्रियाशिल कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायबारे लेखिएको पुस्तक सोमबार राजधानीमा एक समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही र नेपालका लागि भारतीय राजदूत रञ्जित रेले विमोचन गरेका छन् ।

ragini-book-lunch
‘रागिनी उपाध्याय, ए लिडिङ मोडर्न नेपाली आर्टिस्ट’ पुस्तक कला लेखक तथा कलाकार मदन चित्रकार र बिना सरकार इलियाजले संयुक्त रुपमा लेखेका हुन् । पुस्तकमा उपाध्यायको कला यात्राका विविध आयाम, शैली र कलाकृतिलाई समेटेर विवेचना तथा चर्चा गरिएको छ ।
नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन रागिनी महत्वपूर्ण योगदान दिएको बताउँदैं भने, ‘कलाकार रागिनी उपाध्यायका कला अन्तर्राष्ट्रिय वृत्तमै चर्चित रहनुभएको छ । नेपालमा अहिले राष्ट्रपति, सभामुख, प्रधानान्यायाधिश महिला हुनुहुन्छ । त्यसमा नेपालकै इतिहासमा पहिलो महिला कुलपति रागिनी उपाध्याय समेत महिला नै हुनुहुन्छ । यो नेपालका लागि निकै गौरव गर्ने विषय हो ।’
कार्यक्रममा नेपालका लागि भारतीय राजदुत रायले प्रकाशित  पुस्तकका बारेमा चर्चा गर्दै पुस्तकले कुलपति रागिनीको कलायात्रासँगै नेपालको कलाको वस्तुस्थितिलाई समेत बाहिर ल्याउन भूमिका खेल्ने बताए । रेले सो पुस्तक प्रकाशनमा बीपी कोइराला भारत–नेपाल फाउण्डेशनले सहयोग गरेको बताउँदै थपे, ‘उपाध्यायका कलामा विविधता भएको र वहाँ आफ्ना कलाबाट विश्वमै परिचित भएकाले पुस्तक कला क्षेत्रका लागि महत्वपूर्ण सामाग्री हुन सक्छ ।’
रागिनी उपाध्याय नेपाली समसामयिक कलामा विशिष्ट योगदान दिएको कलाकार रहेकाले आफुले पुस्तक लेखेको बताउँदै पुस्तकका लेखक मदन चित्रकारले भने, ‘नेपाली कलामा एक लिडिङ कलाकारको रुपमा रागिनी हुनुहुन्छ । वहाँका कलाले नेपाली समाज, राजनीति, प्रकृति तथा पर्यावरणका विषयलाई समेत सशक्त रुपमा व्यक्त गरेको पाइन्छ । वहाँका कलाले नेपाली कलालाई अन्तर्राष्ट्रिय रुपमा नेपाललाई चिनाउन सकेकाले नै पुस्तकका रुपमा निकाल्ने काम गरिएको हो ।’
लेखक एवम् सञ्चारकर्मी शेखर खरेलले कलाकार रागिनी उपाध्याय नेपाली आधुनिक कलामा सशक्त हस्ती रहेको उल्लेख गर्दै पुस्तकका बारे समीक्षात्मक मन्तव्य राखेका थिए । खरेलले रागिनीका कलामा काठमाडौंको मन्दिर, मूर्ति, धर्म, संस्कृति, प्रकृति, पर्यावरण राजनीतिक विकृतिजस्ता विविध पक्षलाई क्यानभासमा उतार्ने गरेको बताए । उनले भने, ‘यो पुस्तकले उपाध्यायको कलायात्रालाई अझ राम्ररी प्रस्ट्याउन सकेको छ ।’
कार्यक्रममा कुलपति उपाध्यायले आफू कलाकै लागि जन्मिएको उल्लेख गर्दै इलाहाबादमा स्कुल पढ्दा देखि आफूले चित्रकला यात्रा सुरु गरेको र विश्वविद्यालयमा समेत चित्रकला अध्ययन गरेर यो क्षेत्रमा आएको संस्मरण गरिन् ।
आफ्नो जीवनमा जतिसुकै ‘ट्राजिडी’ भएपनि आफ्नो कर्तव्यबाट विमुख नहुने उल्लेख गरिन् । गएको एक वर्षमा उनले २० वर्षीय छोरी शिभाता र आमालाई गुमाउन पुगिन् । उनले देशभित्र र बाहिर गरी सयभन्दा बढी कला प्रदर्शनी गरेको बताउँदै आफूले सिर्जना गरेका उत्कृष्ट चित्रहरू पुस्तकमा समेटिएको बताइन् । पुस्तकको प्रकाशन बीपी कोइराला भारत नेपाल फाउण्डेशनको सहयोगमा ते.बा.चि. अध्ययन केन्द्रले प्रकाशन गरेको हो ।

Comments