काठमाडौ, मंसिर २६ । मिथिला येँ आर्ट ग्यालरी ठमेलमा बंगलादेशी कलाकार नर्गिस परविनका चित्रको प्रदर्शनी सुरु भएको छ । ‘कविता’ शीर्षकमा भएको सो प्रदर्शनीको अग्रज कलाकार शशीविक्रम शाहले गरेका थिए । जुनसुकै समयमा र जताफर्के पनि नेपालमा तँछाड–मछाडको वातावरण रहेको बताउँदै शाहले भने, ‘अविराम राजनैतिक आन्दोलनहरु विद्यमान रहेको समयमा सिर्जनात्मक गतिविधिका साथ बंगलादेशी कलाकार नर्गिसका कला प्रदर्शनीको आयोजना गरिएकोमा अत्यन्तै सुन्दर कार्य हो ।’
शाहले चित्रकार परविनको ललितकलाप्रतिको आकर्षण र लगावको प्रशंसा गर्दै भूगोल र जनसम्पर्कको दृष्टिकोणले समेत नेपाल र बंगलादेश लामो समयदेखि अत्यन्तै घनिष्ट रहेको जनाए ।
बंगलादेशी कलाकार नर्गिस परविनले कला सिर्जनाका सन्दर्भमा आप्mनो अभिव्यक्ति पूर्वीय कलाचिन्तनमा आधारित रहेको बताइन् । उनले भनिन्, ‘नेपालमा कला प्रदर्शनीका लागि नेपालका वरिष्ठ चित्रकार नगेन्द्र प्रसाद पौड्यालले गर्नुभएको सहयोग मेरा लागि अविस्मरणीय रहनेछ । साथै नेपालमा गरिएको यस प्रदर्शनीले नेपाल र नेपाली कला बुझ्ने अवसर समेत मिलेको छ ।’ उनले नेपाल र बंगलादेशको सम्बन्धलाई कला र कलाकारले सौहार्द रुपमा जोड्न सक्ने बताइन् । पूर्वीय कलामा स्नातकोत्तर नर्गिसले प्रदर्शनीमा नारीका विषयमा बनाइएका चित्र राखेकी छन् ।
पूर्वीय विषयलाई बंगलादेशी कलाकार नर्गिसले कलात्मक रुपमा चित्रण गर्न सकेको बताउँदै कलाकार तथा समीक्षक रमेश खनालले चित्रकार भने,‘नर्गिसका कलामा पर्याप्त सम्भावनाहरु छछल्किरहेको र पूर्वीय कलाको समकालीन प्रस्तुतीकरण रहेको छ ।’
नर्गिस परविनका कृतिहरुमा नारी, प्रकृति र अबोध बालकको विषय गम्भीर रुपमा आएको बताउँदै कलाकार तथा समालोचक नगेन्द्रप्रसाद पौड्यालले भने, ‘नेपालमा वहाँका कलाले बंगलादेशको समकालीन चिन्तन कस्तो रहेको छ, त्यसलाई नजिकबाट नियाल्ने अवसर यो प्रदर्शनीले दिएको छ ।’ यो प्रदर्शनीको संयोजन समेत गरेका पौड्यालले नेपालमा विदेशी कलाकारका कला प्रदर्शनी हुनु सुखद रहेको बताए । नर्गिस बंगलादेशको राजशाहीदेखि प्रदर्शनीका लागि काठमाडौं आएकी हुन् ।
नेपालमा बंगलादेशी कलाकार नर्गिसको एकल कला प्रदर्शनी हुनु दुई देशको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै ग्यालरी सञ्चालक तथा कलाकार श्यामसुन्दर यादवले बताए । चित्रकार परविनको पहिलो एकल प्रदर्शनी नेपालबाट गर्न पाए