यो साता हेर्नुस् निशाको नृत्य पोज (फोटोफिचर)
screennepal
प्रकाशित: २०७३, १४ मंसिर मंगलवार
no img

nisha-pomu-8

काठमाडौं, १४ मंसिर । यतिखेर नेपाली चलचित्र क्षेत्रमा एउटा आइटम नम्बर खुबै चर्चामा छ । ‘लैजाउँला ठमेल बजार’ बोलको यो आइटम चलचित्र ‘लुट–२’ को हो । यो साता आइटम नम्बरमा कम्मर मर्काउँदै मोडल तथा नृत्यांगना निशा पोमुले ताप्लेजुङको सुकेटार घुमाइन् । कञ्चनजंगा हिरक महोत्सवका अवसरमा आयोजित विशेष सांगीतिक कार्यक्रममा एक दर्जनभन्दा बढी राजधानीबाट राष्ट्रिय कलाकार सुकेटार पुगेका थिए । जहाँ निशा पनि सामेल थिइन् । महोत्सवमा निशाको ‘लैजाउँला ठमेल बजार’ गीतमा गरेको नृत्यले मंसिरको जाडोलाई समेत गर्माएको थियो ।

nisha-pomu-6

nisha-pomu-7

nisha-pomu-7

विशेषगरी मोडलिङमा जम्दै आएकी निशाले कार्यक्रममा तीन वटा गीतमा नृत्य गरेकी थिइन् । कार्यक्रममा ‘लैजाउ घुमाउन मलाई ठमेल बजार’, ‘काठमाडौं बस्दा काठमाडौं हल्लियो’ र एक हिन्दी गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । महोत्सवकी आकर्षक बनेकी निशाले आफ्नो लचक्दार आइटमले सुकेटार त हल्लाइन् नै, साथै हजारौं फ्यान पनि बटुलिन् । ताप्लेजुङबाट फर्केपछि निशाले भनिन्, ‘कार्यक्रम त गजब भो नि ।’
यिनै निशाको नृत्य पोजका आधा दर्जन तस्बिर स्क्रीन नेपालमा यो साता ‘फेस अफ द वीक’ मा डिस्प्ले गरिएको छ ।

पहिरन : तेह्रथुमे ढाका पसल, मिलनचोक ललितपुर
डिजाइनर : निरु आङबुङ

nisha-pomu-6

nisha-pomu-6

Comments