काठमाडौं, १२ मंसिर । गायक तथा संगीतकार युक्त गुरूङको स्मृतिमा युक्त गुरूङ स्मृति प्रतिष्ठानले ‘स्मृतिमा युक्त’ नाम पुस्तक प्रकाशित गरेको छ । पुस्तकको शनिबार नाट्य तथा संगीत प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकलगायतले लोकार्पण गरे । कार्यक्रममा प्रमुख अतिथि रसिकले युक्त गुरूङले गीत संगीत क्षेत्रमा पु-याएको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा संस्थाका संरक्षक युक्तकी दिदी पिपलमाया गुरूङ, मुक्तक प्रतिष्ठान नेपालका अध्यक्ष रामकाजी गुरूङ, समकालिन साथी व्यवसायी दानबहादुर तामाङ, देवी लामालगायतले स्वर्गीय युक्त गुरूङको योगदानबारे चर्चा गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष सांसद तथा प्रा.डा गणेशमान गुरूङ, सचिव गोविन्द गुरूङलगायतले स्वर्गीय युक्तको योगदानको चर्चा गरेका थिए । पुस्तकको सम्पादन तमु पत्रकार संघको तर्फबाट मणिराज गरुङले गरेका हुन् ।