नवल भन्छन्, ‘जागरुक निर्माताहरुको संगठन हो चलचित्र निर्माता संघ नेपाल’
screennepal
प्रकाशित: २०७३, ८ मंसिर बुधबार
no img

काठमाडौं, ८ मंसिर । हालै स्थापना भएको चलचित्र निर्माता संघ नेपालले विदेशी चलचित्र प्रदर्शनको पक्षमा निश्चित मापदण्ड निर्माण हुनुपर्ने जनाएको छ । यस नयाँ निर्माता संघको स्थापनापछि पहिलो पत्रकार सम्मेलन गर्दै बुधबार यस्तो धारणा सार्वजनिक गरेको हो । संघका अध्यक्ष नवल खड्काले अहिलेसम्म खुलेका विभिन्न संघसंस्थाले चलचित्र खातिर काम गर्न नसकेको पनि बताए ।

12
संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘थुप्रै संघसंस्थाहरु जन्मिए र जन्माइए सिनेमा जगतलाई आरक्षण दिनका निम्ति । राज्यले समेत चलचित्र विकास वोर्ड स्थापना गरेको छ, तर यसलाई दुहुनो गाई बनाइयो र त्यसले आशातित कार्यहरु गर्नै सकेन ।’
संघले बुधबार जारी गरेको विज्ञप्तिममा भनिएको छ, ‘सिनेमाले राष्ट्र«को पहिचान झल्काउँछ । सिनेमाले बोल्छ– कला, सँस्कृति, परिवर्तन अनि देशभक्ति । नेपालको सिनेमा उद्योगको इतिहास लामो छैन, तर विभिन्न आरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको छ । यस अवधिमा आईपुग्दा यो मनोरञ्जन र व्यवशायको रुपमा हेर्नेहरुको घेराभित्र मात्र कैद छैन, अब यो पूर्खाको कर्म र गौरव, जनसमूहको राष्ट्रियता र राष्ट्रिय स्वाभिमान प्रस्तुत गर्ने माध्यमका रुपमा स्वीकार गर्नेहरुका बीचमा पनि आइपुगेको छ ।’

2
चलचित्र निर्माताहरुको हकहित र रक्षार्थ कार्य गर्न बनेको संस्थाले समेत यसबारे पहल लिन नसक्नु र संघको विधान विपरित कार्य गर्दै आर्थिक अनियमिताले गर्दा संघ नै चुर्लुम्म डुबेको विज्ञप्तिमा जनाइएको छ । तर, कुन संस्थाले भने खुलाइएको छैन ।
अध्यक्ष खड्काले नयाँ गठित संघले लगानी गरेको अर्थ लगानी विना–झण्झट स्पष्ट रुपमा देख्न चाहेको बताए । उनले भने, ‘म भन्छु सबै स्पष्ट होऔं ताकि हाम्रो चाहना बक्स अफिसको प्रावधान मात्र नभई कार्यान्वयन पनि हो । त्यसैले परिमार्जित राष्ट्रिय चलचित्र नीतिको यथार्थमा कार्यान्वयन भएको हेर्न चाहन्छौ ।’ आम चलचित्र क्षेत्रको परिवर्तनका लागि जागरुक निर्माताहरुद्वारा ‘चलचित्र निर्माता संघ नेपाल’ गठन भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

Comments