दिव्येश्वरलाई चुनावी चटारो, जिल्ला सभापतिको दावी
screennepal
प्रकाशित: २०७३, ८ मंसिर बुधबार
no img

काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसनिकट कलाकर्मीलाई यतिबेला चुनावी चटारो लागेको छ । काग्रेसको शुभेच्छुक संस्था नेपाल संस्कृतिक संघको महाधिवेशन नजिकिदै गर्दा उनीहरुको ब्यस्तता बढेको हो । संस्कृतिक संघको निर्वाचन वर्षैपछि हुन लागेको हो ।

15139538_1315577798464000_1239912717_n
संस्कृतिक संघको अहिले जिल्ला तथा क्षेत्रका महाधिवेशन भइरहेको छ । सो महाधिवेशनबाट केही कलाकारले जिम्मेवारी पाइसकेका छन् भने केही जिम्मेवारी पाउने कसरतमा देखिन्छन् ।
यस्तै, कसरतमा छन् कलाकार दिब्येश्वर गौतम । संस्कृतिक संघको जिल्ला महाधिवेशन नजिकिएसँगै उनी निकै ब्यस्त हुन थालेका छन् । संघको काठमाडौ जिल्ला सभापति चलाउने कसरतमा उनी अहिले लागि परेका हुन्, जसका लागि पार्टीका शिर्ष नेतादेखि तल्लो तहका कार्यकर्ता र कलाकारसँग उनको उठबस बाक्लिदै आएको छ ।
पार्टी र पार्टीनिकट कलाकारले यो कार्यकाल दिब्येश्वरलाई दिने मनस्थिति बनाएको देखिएको पनि उनको स्पर्धामा अर्काे एक प्रतिस्पर्धी देखिएकोले चुनावी माहोल बन्ने सम्भावना त्यतिकै  छ । चुनाव भए पनि आफ्नो जित निश्चित हुने दिब्येश्वरको दावी छ । ‘म साथीहरुको हकहितका खातिरमा जुनै अवस्थामा पनि लड्न सक्छु’ दिब्येश्वरले भने ।
दिब्येश्वर चलचित्रका चलेका कलाकार पनि हुन् । हिरो, खलनायकलगायतका भुमिकामका चलचित्रमा देखिदै आएका उनी अहिले चलचित्रको छायाँकन छोडेर चुनाबी सरगर्मीमा लागेका छन् ।

Comments