प्रमोदको ‘सँगै जिउँने मर्ने कसम’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, ७ मंसिर मंगलवार
no img

काठमाडौं, ७ मंसिर । इटहरी, ७ मंसिर । गायक प्रमोद खरेलद्वारा स्वर बद्ध नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सँगै जिउँने मर्ने कसम’ बोलको सार्वजनिक यो भिडियो पूर्वको रमणीय स्थल भेडेटार, धरान र इटहरीमा छायांकन गरिएको हो । डिथ्री प्रोडक्सन नेपालले बजारमा ल्याएको यस भिडियोलाई सुवास संकल्पले निर्देशन गरेका हुन् ।
शब्द रोहित घिमिरे र रमेश श्रेष्ठको संगीत रहेको यस भिडियोमा रोहित घिमिरे, एलिशा बास्तोला, दीपक श्रेष्ठ र अनु राईले अभिनय गरेका छन् । भिडियोमा प्रेमपछिको पीडाभावलाई चित्रण गरिएको छ ।

Comments