काठमाडौं, ६ मंसिर । लिम्बू पत्रकार संघको केन्द्रीय दोस्रो राष्ट्रिय महाधिवेशनबाट देबेन्द्र खापुङको अध्यक्षतामा नयाँ कार्यसमिति चुनिएको छ । मंसिर ४ र ५ गते ललितपुरको शोभाहिटीस्थित किरात याक्थुङ चुम्लुङ हिममा आयोजित महाधिवेशनमा १९ सदस्यीय कार्यसमित सर्वसम्मतले चयन गरिएको हो ।
किरात याक्थुङ चुम्लुङका महासचिव प्रेम येक्तेनको संयोजत्वमा सम्पन्न अधिवशेनबाट विजयबोध लावती (प्रथम उपाध्यक्ष), विष्णु सिंगक उपाध्यक्ष र मिलन लिम्बू महासचिवमा निर्वाचित भएका छन् भने सचिवमा दिनेश सुब्बा र माला पालुंवा तथा कोषाध्यक्षमा भुपेन्द्र खुदाङ चयन भएका छन् ।
राज्यमन्त्री श्री जबेगुबाट सम्मान ग्रहण गर्दै
त्यस्तै, सदस्यहरुमा याम माबोङहाङ, सन्देश सुब्बा, एमपी सुब्बा, भगिश्व्।र लिम्बू, यानिन्द्र तिगेला, उपेन्द्र येक्तेन, सेसेहाङ लावती, सन्तोष नेम्बाङ र भीमहाङ थाङ्देन चुनिएका छन् । संघको २१ सदस्यीय कार्यसमिति रहनेछ, जसमा दुई सदस्य केन्द्रीय कार्यसमितिले चयन गर्ने संघको प्रावधान रहेको छ ।
अध्यक्ष पदमा निर्वाचित भएपछि देबेन्द्रले लिम्बू पत्रकार संघलाई आगामी दिनमा अझ सक्रिय र शसक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै, आइतबार नै बसेको नयाँ समितिको पहिलो बैठकले स्व. युवराज लिम्बू स्मृति पत्रकारिता कोष स्थापना गर्ने, संघलाई नयाँ ढंगबाट अगाडि बढाउनेलगायतका योजनाहरु निर्णय गरेको छ ।
अधिवेशनकै अवरमा लिम्बु समुदायबाट पत्रकारिता क्षेत्रमा समाज र राष्ट्रका लागि योगदान पु–याउने चार व्यक्तित्व तथा पत्रकारलाई सम्मान गरिएको थियो । सम्मानीत हुनेहरुमा कौशल चेम्जोङ, आइन्द्रसुन्दर नेम्बाङ, हर्ष सुब्बा र देबेन्द्र खापुङ रहेका छन् । उनीहरुलाई महाअधिवेशन उद्घाटन समारोहका प्रमुख अतथि संघीय मामिला राज्यमन्त्री श्री जबेगुले सम्मान प्रदान गरेका थिए ।
प्रमुख अतिथि संघीय मामिला राज्यमन्त्री जबेगुलाई ललितपुरस्थित मिलन चोकमा रहेको तेह्रथुमे ढाका पसलको तर्फबाट ढाकाको बर्को ओढाएर सम्मान गरिएको थियो । मन्त्री जबेगुलाई तेह्रथुमे ढाका पसलकी सञचालक तथा फेसन डिजाइनर निरु आङ्बुङले सम्मान गरेकी थिइन् । पछिल्लो समय नेपाली फेसन बजारमा तेह्रथुमे ढाकाको लोकप्रियता बढ्दै गएको छ भने सम्मान र खादाका रुपमा समेत ढाका कपडाको प्रयोग बढ्दै गएको छ ।