सानुको प्रेमभावमा आना–मनिष ! (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, २९ कार्तिक सोमबार
no img

video

काठमाडौं, २९ कार्तिक । पछिल्लो समय थिएटर कलाकारहरु सिनेमाको पर्दामा तजमिरहेकै छन् । अब म्युजिक भिडियोमा समेत थिएटर कलाकार देखिन थालेका छन् । फोटो पत्रकार नविनबाबु गुरुङको निर्देशनमा तयार भएको ‘जब देख्छौ मलाई’ बोलको गीत तथा भिडियो आजै (सोमबार) विभिन्न अनलाइन तथा टेलिभिजन मिडियामार्फत रिलिज भएको छ, जसमा रंगमञ्चका  कलाकारद्वय आना देउजा र मनिष निरौलाले अभिनय गरेकाछन् । थिएरटरमा राम्रै जमेका यी दुई कलाकारलाई निर्देशक नबिनबाबुले म्युजिक भिडियोमा पनि जमाउने प्रयत्न गरेका छन् ।
सानु महर्जनको यस गीतकोे भिडियोलाई नबिनबाबुले नै खिचेका हुन् भने सम्पादन प्रविन श्रेष्ठले गरेका हुन् । रविना श्रेष्ठको नृत्य रहेको यस म्युजिक भिडियोलाई स्ट्रिट नेपालले निर्माण गरेको हो । सानकै शब्द र संगीत रहेको यस गीतलाई रुविनकुमार श्रेष्ठले संगीत संयोजन गरेका हुन् ।

Comments