
काठमाडौं, २६ कार्तिक । के तपाईलाई विश्वकै सबैभन्दा ठूलो थान्का हुर्ने इच्छा छ ? त्यसो हो भने दशरथ रंगशाला जानुु् । विश्वकै सबैभन्दा ठूलो थान्का (१९०५ किलोको) शुक्रबार र शनिबार दशरथ रंगशालामा प्रदर्शनमा राखिएको छ । यो थान्का (आज) शुक्रबार र भोली शनिबार प्रदर्शनमा राखिने प्रदर्शनका आयोजक नेपाल बौद्ध धर्म संरक्षण समितिले जनाएको छ । सो थान्का हेर्नका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । थान्का प्रदर्शनीको उद्घाटन नेपालका लागि जापनीज् राजदुत, श्रीलंकाली, र चिनियाँ राजदुतलगायत बौद्धधर्मालब्बीहरुको प्रतिष्ठित धर्म गुरुहरुले गरेका थिए ।

राजधानीपछि क्रमशः नोभेम्बर १९ र २० मा पोखरा र २५ र २६ तारिखमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा उक्त थान्का प्रदर्शनी गरिने आयोजक संस्थाका अध्यक्ष सोनम गुरुङले जानकारी गराए ।
तस्बिर : सुनिल राजभण्डारी/स्क्रीन नेपाल, काठमाडौं ।


